arrow

हुर्रिकेनको मारमा पोर्चुगल

logo
प्रकाशित २०७५ असोज २८ आइतबार
portugal2.jpg

काठमाडौं । पोर्चुगलमा शक्तिशाली हुर्रिकेनको आँधीबाट १५ हजार घरहरुको विद्युत्र काटिएको छ भने सयौं रुखहरु ढलेका छन् । शनिबारको आँधीको कारण मुलुकको केन्द्र तथा उत्तरी भागहरु धेरै प्रभावित बनेका हुन् । 

अहिलेसम्म सो आँधीबाट मृत्यु हुने वा घाइते हुनेहरुको विवरण भने सार्वजनिक भएको छैन । यद्यपि प्रशासनले भने पोर्चुगलका नागरिकहरुलाई घरबाट बाहिर ननिस्कनका लागि आग्रह गरेका छन् भने मुलुकको धेरै उडानहरु रद्द भएका छन् । 

पोर्चुगलमा आएको यो आँधी अहिले स्पेनतर्फ उन्मुख रहेको बताइएको छ । शनिबारको आँधी १७६ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको बताइएको छ । 

पोर्चुगलमा देखिएको यो सन् १८४२ यताकै सबैभन्दा ठुलो आँधी हो । पोर्चुगलको नागरिक सुरक्षा प्रमुख लुइस बेलो कोस्टाले मुलुकमा बाढीको समस्या देखिनसक्ने भन्दै चेतावनी दिएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ