arrow

ब्रेक्जिट : थेरेसा मेको प्रस्तावको विपक्षमा पूर्व ब्रेक्जिट सचिव

logo
प्रकाशित २०७५ असोज २८ आइतबार
brexit-secratary.jpg

काठमाडौं । पूर्व ब्रेक्जिट सचिव डेभिड डेभिसले बेलायती क्याबिनेटका मन्त्रीहरुले प्रधानमन्त्री थेरेसा मेको प्रस्तावको विरोध गर्नुपर्ने बताएका छन् । 

बेलायती प्रधानमन्त्री मेले ल्याएको अल्पकालीन भन्सार व्यवस्थापनको योजनामा आपत्ति जनाउँदै यस्तो आग्रह गरेका हुन् । 

प्रधानमन्त्रीको यस किसिमको योजनामा ब्रेक्जिटका समर्थकहरुले अहिले ल्याइएको अल्पकालीन योजना आगामी दिनमा स्थायी बन्नसक्ने र यसले व्यापार सम्झौताको विरुद्धमा आवाज उठाउनबाट रोक लाग्नसक्ने उनीहरुको भनाइ छ । 

स्थानीय समाचारपत्रमा लेख्दै डेभिसले अहिले ल्याउन लागिएको यस किसिमको योजना स्वीकार गर्न नसकिने किसिमको रहेको बताएका छन् । आधुनिक जमानाको लागि लिइएको यो निकै महत्वपूर्ण निर्णय रहेको उनले बताएका छन् । 

अहिले ब्रेक्जिटको लागि उत्तरी आयरल्याण्ड र गणतान्त्रिक आयरल्याण्डको सीमाको विवाद भने अझै बाँकी रहेको छ । 

उत्तर आयरल्याण्ड अझै पनि ईयूको नियमको पक्षमा रहेको छ भने बेलायती प्रधानमन्त्री यसलाई स्वीकार गर्न नसकिने बताउँदै आएकी छिन् । आगामी साता ईयूका नेताहरुसँग बेलायतको ब्रेक्जिटको विषयमा छलफल हुने कार्यक्रम तय भएको छ । 

यो बैठकले ब्रेक्जिटअघि व्यापार सम्झौता हुने वा नहुने भन्ने कुराको तय गर्नेछ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ