arrow

हिलेमा कांग्रेस तात्यो

logo
प्रकाशित २०७५ असोज २८ आइतबार
hille-congress1.jpg

धनकुटा । धनकुटाको हिलेमा नेपाली कांग्रेसले पुरानो परम्परालाई तोड्दै अभियान संचालन गर्ने भएको छ । आइतबार हिलेमा आयोजित शुभ कामना आदन प्रदान कार्यक्रममा हिलेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले नया सिराबाट संगठन विस्तार गरी सशक्त बनाउनका लागि अभियान संचालन गर्ने वताएका हुन् ।

दशै, तिहार,नेपाल सम्वत,छठ लगायत सवै चाड पर्वको अवसरमा नेपाली कांग्रेस वाडं नं १ ले आइतबार हिलेबाजरमा आयोजना गरेको शुभ कामना आदन प्रदान कार्यक्रममा नेपाली कांग्रेसका सभापति अग्नी प्रसाद पौडेलले  शुभ कामना व्यक्त गर्दै धनकुटा जिल्लाभरी नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने वताए ।

नेपाली कांग्रेस वडा नं. १ का सभापति समशेर गोङ्वाको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य ज्ञान वहादुर गुरुङ्ग, क्षेत्रिय सदस्य बुद्ध तितुङ्ग, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष विश्वनाथ दाहाल, नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले  दिनप्रतिदिन मुलुकमा संकट थपिदै गएको महंगी तथा कर चरम वृद्धी, शान्ति सुरक्षा विग्रिदो अवस्थामा रहेकोमा चिन्ता व्यक्त गदै सरकार असफल बन्दैगएको आरोप लगाए ।

कार्यक्रममा हिलेका यूवा नेताहरु मेघराज शाही, नारायण गोङ्वा, अज्यूत घिमिरे, नगर सदस्य राम तामाङ्ग,महिला नेतृहरु पुण्यवती शाही,कमला शिवा, वडा सदस्य नेत्र काफ्ले,पाख्रिवासका नेता भक्त गुरुङ्ग,हिलेका नेता तथा कार्यकर्ताहरु सवैले शुभ कामना व्यक्त गर्दै नेपाली कांग्रेसलाई अव नया सिराबाट   संगठित गर्दै सशक्त अभियान हिलेमा संचालन गर्नु पर्ने सुझाव दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ