arrow

आत्मघाती बम आक्रमणमा १४ जनाको मृत्यु

logo
प्रकाशित २०७५ असोज २८ आइतबार
somalia.JPG

मोगादिसु, सोमालिया ।  शक्तिशाली दुई ओटा आत्मघाती बम विस्फोटनमा परी सोमालियामा १४ जनाको मृत्यु भएको छ ।  सोमालियाको दक्षिणपश्चिमी क्षेत्रमा शनिबार भएको घटनामा परी अरु २० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

अपरिचित दुई व्यक्तिले बाय क्षेत्रको बाइडोय सहरमा रहेको विलान होटल र बद्री रेष्टुरेन्टलाई लक्षित गरी छुट्टा छुट्टै आत्मघाती आक्रमण गरेका थिए ।

प्रहरी प्रमुख अब्दी मोहमद अलीले मृत्यु भएका अधिकांश सर्वसाधारण नागरिक रहेको अनाडोलु समाचार संस्थालाई जानकारी दिए ।

बायका सूचना मन्त्री उगास हसन इब्राहिमले घाइतेहरुलाई तत्काल उद्धार गरी बाइडोय क्षेत्रीय अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।

लडाकू समूह अल शबाबले अन्डालुस रेडियो मार्फत आक्रमणको जिम्मेवारी लिएको समाचारमा जनाइएको छ । सो समूहले सोमालिया र पूर्वी अफ्रिकामा बेलाबेलामा यस्ता आत्मघाती आक्रमणहरु गर्दै आएको छ । एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ