रामपुरमा जीप दुर्घटना : पाँच घाइते, एकको अवस्था गम्भीर (नाम सहित)
रामचन्द्र रायमाझी, सीता डोटेल
प्रकाशित २०७५ असोज २८ आइतबार
858
Shares
पाल्पा । रामपुर नगरपालिका वडा ८ खालीवनको ढुंगाना गाउँमा यात्रुवाहक जीप दुर्घटना भएको छ । पाल्पाको रामपुरबाट सदरमुकाम तानसेनतर्फ आउदै गरेको लु १ ज १७८५ नम्बरको यात्रुबाहक जीप आईतबार दिउँसो दुर्घटना भएको हो ।
जीपमा सवार चालक सहित पाँच जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । घाइते हुनेमा रामपुर ४ दर्छाका २४ बर्षका मिराकुमारी कानुङ , सोही ठाउका ६० बर्षका दिलमाया आले र ६२ बर्षका बम बहादुर आले र गाडी चालक बर्ष २५ का दान बहादुर सुर्यबंशी रहेका छन । अर्का २९ बर्षका चोक बहादुर आले सकुशल छ्न ।
घाइतेहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । घाईते मध्ये चालकको अवस्था गम्भीर रहेको छ । जीप सडकबाट करिब १५० मिटर तल खसेको निरिक्षक पाण्डेले जानकारी दिनुभयो । गाडी मोड्मा दुर्घटना भएको हो र घुम्तिमा काअट्न नसकेका कारण दुर्घटना भएको हुनसक्ने र थप अनुसन्धान जारी रहेको रामपुर प्रहरीले जनाएको छ ।