arrow

तानसेनका टोल–टोलमा मालश्री, विरासत जोगाउँदै रामबहादुर गन्धर्व

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असोज २८ आइतबार
malashree.jpg

पाल्पा । ‘जय देवी भैरवी गोरखानाथ, दर्शन दिइए है नव दुर्गा भवानी’
‘कति सुत्यौ हे नन्दालाल, उठपति कृष्ण तिमी स्नान गरी जाऊ रे’

घटस्थापनाका दिन देखि तानसेनका  चोक चोकमा विहानै सुनिने यी मालश्री र विवाहस गीतका भाकाहरु  हुन् । तानसेन नगरपालिका ६ का ६७ वर्षका रामबहादुर गन्धर्व हातमा सारंगी लिई यी भाकाहरु गुनगुनाउदै विहान तीन बजे घरबाट निस्कन्छन् ।

कतिपय स्थानीयहरुले सुतिरहेको अवस्थामा निन्द्रा खल्बलिदिएको भनि छिजो मान्ने हेर्छन् भने, कतिपयले उनका ती गीतका भाकाहरु सुन्नका लागि घरका छतबाट नियालिरहेका हुन्छ । वास्तावमा उनी कला संस्कृतिको संरक्षणका लागि भन्दै मालश्री र विवाहसका भाकाहरु सारंगीको धुनमा गुनगुन्याउँदै तानसेनका चोक –चोकमा पुग्छन् ।

बडादशैं आएको झल्को दिने यी भाकाहरु पछिल्लो समयमा हराउँदै गएपछि  तानसेनका केही कलाकारहरुको आग्रहमा गन्धर्वले गीत गाउँदै हिडेको हाँस्यकलाकार किरण चित्रकारले बताए  । विगत दुई  वर्ष  अघिदेखि  बडादसैंका बेला  सारंगीको धुनमा गुञ्जिने मालश्री गीत सुन्न नपाएका तानसेनवासिहरुले यस वर्ष भने सुन्न  पाएका छन् ।

विगतमा घटस्थापनादेखि अष्टमीसम्म राति एक बजेबाट बिहान मिरर्मिरे उज्यालो नहुँदासम्म मालश्री र विवाहस गाउने  रामबहादुरका सहयात्री होनिमाया गन्धर्वको निधनपछि यस्ता भाकाहरु सुन्न छोडिएको चित्रकार बताउँछन् । तानसेनका चोकचोकमा नवदुर्गाभरी मालश्री र विवाहस गाउँर्दै हिड्ने  होनिमायाको २०७३ मा निधन भएपछि यस्ता भाकाहरु  हराउन थालेका हुन् ।

मालश्री गीतहरुले दशैं आएको आभास दिलाउने भए पनि पछिल्लो समय नेपाली समाजमा यी गीतका भाकाहरु  नयाँ पुस्तामा हस्तान्तरण नहुँदा मालश्री र विवाहस भाकाहरु हराउँदै गएको प्रति तानसेनका पुराना पुस्ताहरु दुख पोख्छन् । हाम्रो संस्कृति र हाम्रो परम्परालाई लोप हुन नदिनका लागि चोक चोकमा मालश्री र विवाहसका भाकाहरु गाउँदै हिडेको रामबहादुर गन्धर्व बताउँछन् । उनी भन्छन्, कला संस्कृति सबैको गहना भएकाले  यसको संरक्षणका लागि सबैले सहयोग  गर्नुपर्छ । ’

नेपाली समाजमा दसैंको समयमा यो धुन बजाउने गरेकाले दसैं धुन पनि भनिन्छ । प्रविधिको विकास सँगसँगै मालश्री धुनका लागि आधुनिक बाजागाजाको विकास भएकाले  मालश्री  हराउन थालेको स्थानीय  दिनेश गन्धर्व बताउँछन् । उनी भन्छन्, ‘परम्परागत रुपमा गाउँदै आएका यस्ता भाकाहरु लोप हुन थालेकाले यसको जगेर्ना गर्न टोल –टोलमा गएर गाउन थालेका छौं ।’

प्राकृतिक र धार्मिक सांस्कृतिक महत्व नै मालश्रीको विशेषता हो । जमरा राख्ने,नृत्यनाथको पूजाआराधना गर्ने र वाद्यवादनहरुको पूजा गर्ने जस्ता गतिविधिहरुमा मालश्री अनिवार्य रुपमा गाईन्छ । मालश्रीको धुन जहाँ सम्म सुनिन्छ त्यहाँ सम्म भूत प्रेत वा किरा फट्यांग्राले समेत केही नोक्सान नपुर्‍याउने  जनविश्वास रहेको छ ।

जुन पछिल्लो समयमा  संकटमा परेको छ । बिहान ३ बजेदेखी घरको ढोकामा  गएर मन्द धुनमा मालश्री गीत बजाइने गर्दा नवदुर्गा प्रशन्न हुने विश्वास समेत रहेको छ । यसको महत्व नयाँ पुस्तामा फैलाउन नसक्दा मालश्री संकटमा परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ