दशैंमा यी स्थानबाट सेनाले गर्दैछ निःशुल्क बस सेवा सञ्चालन
प्रकाशित २०७५ असोज २८ आइतबार
292
Shares
काठमाडौं । नेपाली सेनाले बिजया दशमीका दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ । काठमाण्डौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्याउने उद्देश्यले उक्त दिन निःशुल्क बस सञ्चालन गर्ने भएको हो ।
त्यसैगरी दशैंमा घर जाने सेना तथा तिनका परिवारहरुकोलागि सेनाले असोज २५ गतेबाट ३१ गतेसम्म काठमाण्डौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ्ग, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ-त्रिशुली, चौतारा, हेटौडा, नारायणगढ र सिराहा–राजविराज जाने तथा उपत्यका भित्र आउने गरी निःशुल्क बस सेवा सञ्चालन गरि रहेको छ ।
बसहरु प्रत्येक दिनको ६ : ३० बजे छुट्ने र प्रति सैनिक व्यक्ति (परिवारसहित) बढीमा ५ जनाले सुविधा लिन पाउने सेनाले व्यवस्था मिलाएको छ ।
निम्न लिखित ८ वटा रुटहरुमा ७ : ०० बजे, ११ :०० बजे र १५:०० बजे भद्रकालीबाट ३० सिट क्षमताको १-१ वटा बस निःशुल्क सञ्चालन गर्ने सेनाले जनाएको छ ।