arrow

दशैंमा यी स्थानबाट सेनाले गर्दैछ निःशुल्क बस सेवा सञ्चालन

logo
प्रकाशित २०७५ असोज २८ आइतबार
Nepal-Army-Bus.jpg

काठमाडौं ।  नेपाली सेनाले बिजया दशमीका दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ ।  काठमाण्डौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्‍याउने उद्देश्यले उक्त दिन निःशुल्क बस सञ्चालन गर्ने भएको हो ।

त्यसैगरी दशैंमा घर जाने सेना तथा तिनका परिवारहरुकोलागि सेनाले असोज २५ गतेबाट ३१ गतेसम्म काठमाण्डौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ्ग, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ-त्रिशुली, चौतारा, हेटौडा, नारायणगढ र सिराहा–राजविराज जाने तथा उपत्यका भित्र आउने गरी निःशुल्क बस सेवा सञ्चालन गरि रहेको छ ।

बसहरु प्रत्येक दिनको ६ : ३० बजे छुट्ने र प्रति सैनिक व्यक्ति (परिवारसहित) बढीमा ५ जनाले सुविधा लिन पाउने सेनाले व्यवस्था मिलाएको छ ।   

निम्न लिखित ८ वटा रुटहरुमा ७ : ०० बजे, ११ :०० बजे र १५:०० बजे भद्रकालीबाट ३० सिट क्षमताको १-१ वटा बस निःशुल्क सञ्चालन गर्ने सेनाले जनाएको छ ।  

(क) रुट नं.१— भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।
(ख) रुट नं.२— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर ।
(ग) रुट नं.३— भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।
(घ) रुट नं.४— भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।
(ङ) रुट नं.५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।
(च) रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।
(छ) रुट नं.७— भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।
(ज) रुट नं.८— भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ