arrow

वडाध्यक्षको सहयोग : एक बोरा चामल र एक हजार रुपैँया

logo
प्रकाशित २०७५ असोज २८ आइतबार
wadadhakshaya.jpg

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगञ्जका वडाध्यक्ष नवराज अधिकारीले आफ्नो सुविधा बापत सरकारबाट प्राप्त रकमले सुकुम्वासीलाई चामल वितरण गरेका छन्।

उनले आइतबार रानीगञ्जस्थित नयाँबस्तीमा बसोवास गर्ने १५ घर सुकुम्वासी परिवारलाई एक बोरा चामल  एक हजार रुपैँया नगद प्रदान गरेका हुन् । सुकुम्वासीलाई चाडबाड मनाउन टेवा पुगोस् भनेर सहयोग प्रदान गरेको वडाध्यक्ष अधिकारीले बताए ।

ज्याला मजदुरी गरेर गुजारा टार्ने सुकुम्वासी परिवार सहयोग पाएपछि खुशी भएका छन् । पूर्वमन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा स्थानीय भद्रभलाद्मी, वुद्धिजीवी र बस्तीका अगुवाहरुको उपस्थितीमा सुकुम्वासीलाई सहयोग प्रदान गरिएको हो ।

 पूर्व पश्चिम राजमार्गमै बसोवास गर्दै आएका ३६ घर परिवार सुकुम्वासी परिवारलाई अहिले वडा कार्यालयकै पहलमा रानीगञ्जको पानी ट्याङकी नजिक १० कठ्ठा जग्गा खरिदगरि बसोवासको व्यवस्था मिलाइएको छ ।

 स्थानीय एभरेष्ट सामुदायिक वन र मनकामना सामुदायिक वनसँग समन्वयगरि सुकुम्वासीका लागि घर निर्माणको काम भैरहेको वडाध्यक्ष अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ