arrow

अमेरिका हार्‍यो : हसन रौहानी

logo
प्रकाशित २०७५ असोज २८ आइतबार
rouhani-iran.jpg

तेहरान। इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाको पराजय भएको इरानका प्रधानमन्त्रीले आइतबार बताए। अमेरिकासहितका विश्वका छ शक्तिराष्ट्रहरू रूस, चीन, बेलायत, फ्रान्स र जर्मनीको पहलमा सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु इस्लामिक गणतन्त्र इरानको अमेरिकासँगको ‘नैतिक एवम् वौद्धिक’ जीत भएको प्रधानमन्त्री हसन रौहानीले बताए।

सबैलाई थाहा भएकै कुरा हो कि अन्तराष्ट्रिय जिम्मेवारीवोधबाट अमेरिकाको वैधानिक तथा राजनीतिक पराजय भएको छ र हामीहरू सफल बनेका छौँ, राष्ट्रपति हसन रौहानीले तेहरानस्थित एक विश्वविद्यालयमा गरेको सम्बोधनमा बताए। अमेरिकाले आणविक सम्झौताबाट पछि हट्नु ठीक कदम भएको विश्वमा केही मुलुकहरूले मात्र बताएका छन्, उनले भने।

तर जुन मुलुकहरू सावधान छन्, र उदार छन् उनीहरूले अमेरिकी निर्णय अवैध र गलत भएको निष्कर्ष रहेको छ। वासिङटनले सन् २०१५ को आणविक सम्झौताबाट गत मे महिनामा पछि हट्नु र इरानविरुद्धको आर्थिक नाकावन्दी पुनः घोषणा गर्नुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उचित निर्णय’ बताए।

अमेरिकाले इरानविरुद्धको पेट्रोलियम क्षेत्र र केन्द्रीय बैङ्कलाई लक्षित गरी लगाउने प्रतिबन्धलाई आगामी नोभेम्बर ५ सम्ममा सम्पन्न गर्ने बताउँदै आएको छ। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ