arrow

नवरात्रको छैटौं दिन : कात्यायिनीको पूजा किन गर्ने ?

logo
प्रकाशित २०७५ असोज २९ सोमबार
katyayani_devi1.jpg

काठमाडौं। नवरात्रमा दूर्गा पूजाको अवसरमा पूर्ण विधि विधानद्वारा माता दूर्गाको नौ रुपको पूजा गरिन्छ। नवरात्रको छैटौ दिन माता कात्यायिनीको पूजा गरिन्छ। यिनको उपासना तथा भक्तिले भक्तलाई ठूलो सफलतादेखि अर्थ, कर्म तथा मोक्षको चारै फल प्राप्त हुन्छ। यसले रोग शोक सन्ताप तथा भय नष्ट हुन्छ। जन्मदेखिको समस्त पाप पनि नष्ट हुन्छ।

यी देवीको नवरात्रको छैटौं दिन पूजा गरिन्छ। कात्य गोत्रमा प्रख्यात महर्षि कात्यायनले भगवती परम्बाको उपासना गरे। उनैको लागि कठोर तपस्या पनि गरे। उनको एउटै ईच्छा थियो की उनको एउटी छोरी होस्। माता भगवतीले तिनै महर्षिको पुत्रीको रुपमा जन्म लिईन्।

यसै कारणले यी देवीको नाम कात्यायनी कहिन्छ। यी देवीको गुण नै शोध तथा अनुसन्धान गर्नु रहेकोले आजको बैज्ञानिक युगमा यिनको महत्व एकदमै धेरै देखिन्छ। यिनकै कृपाले नै सारा बैज्ञानिक कार्य पूर्ण हुन्छ भन्ने धार्मिक विश्वास छ। यिनी बैद्यनाथ नामकस्थानमा प्रकट भएर पूजिँदै आएकी देवी हुन्। 

कात्यायनीलाई अमोघ फलदायिनी पनि भनिन्छ। भगवान श्री कृष्णलाई पति रुपमा पाउनको लागि गोपिनीहरुले यिनै देवीको पूजा गरेका थिए। यो पूजा यमुना नदीको तटमा गरिएको थियो।

यिनको दिव्य स्वरुप एकदमै भव्य रहेको छ। यिनको चार हात रहेको छ। दाया तर्फको माथिल्लो हात अभयमुद्रामा रहेको हुन्छ। तथा तल्लो हात वर मुद्रामा रहेको हुन्छ। त्यस्तै, दायाँ तर्फको माथिल्लो हातमा तरवार रहेको हुन्छ। र तल्लो हातमा कमलको फूल रहेको हुन्छ। यिनको पनि बाहन भने सिंह नै हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ