arrow

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीनको मृत्यु

logo
प्रकाशित २०७५ असोज २९ सोमबार
plane2.jpg

काठमाडौं । मध्य जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालक र दुई महिला गरी तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो ।

भीडभाडयुक्त ठाउँमा खसेको विमान दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । एक पैदल यात्री पनि घाइते हुनेमा रहेका छन् । विमान चालकको अवस्था छ ।

विमानले उचाई लिने क्रममा एक्कासी खसेको बताइएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । मौसम भने सफा रहँदा अचम्मसंग विमान दुर्घटनामा परेको भन्दै अनुसन्धान सुरु भइसकेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ