arrow

एक वर्षमै किन दुईपटक भियतनामको भ्रमण गर्दैछन् अमेरिकी रक्षामन्त्री ? 

logo
प्रकाशित २०७५ असोज २९ सोमबार
james-mattis.png

काठमाडौं । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस सन् २०१८ मा दोस्रोपटक भियतनामको भ्रमण गर्दैछन् । भियतनाममा अमेरिकी रक्षामन्त्रीको भ्रमणको उद्देश्य यो मुलुकमा आफ्नो प्रभाव बढाउँदै चीनको सैन्य क्षेत्रको सुदृढीकरणको प्रयासको जवाफ दिनु रहेको छ ।  

मंगलबारदेखि म्याटिसको भियतनामको यात्रा सुरु हुनेछ । यसबाट पनि अमेरिका र भियतनामको सम्बन्ध कति धेरै अघि बढिसकेको भन्ने कुरा स्पष्ट देखिन्छ । गत जनवरीमा पनि म्याटिसले भियतनामको भ्रमण गरेका थिए । 

म्याटिसको भ्रमणको ३ महिनापछि अमेरिकी नेभीको विमान यूएसकार्ल विन्सन  दा नांग बन्दरगाहमा रोकिएको थियो । यो युद्धपछिको यस्तो पहिलो भ्रमण थियो र चीनलाई यो क्षेत्रमा आफ्नो प्रभाव बढ्दै गएको संकत दिनका लागि थियो । 

ट्रम्प प्रशासनले हालसालै दक्षिण चीन सागरमा चीनले राखेको केही मिसाइल तथा अन्य हतियारहरुको विरोध गर्दै आएको छ । यस किसिमका हतियारहरु धम्कीका लागि राखिएको रक्षामन्त्री म्याटिसले गत जुन महिनामा बताएका थिए । 

गत सेप्टेम्बर महिनामा भियतनामका राष्ट्रपति टीडी कुआंगको मृत्यु भएपछिको सत्ताको परिवर्तनपछि यस किसिमको भ्रमण हुन लागेको हो । भियतनामको सत्तारुढ पार्टीका महासचिवले मुलुकको राष्ट्रपति पद सम्हाल्ने तयारी गरिरहेका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ