arrow

कांग्रेसको चियापान कार्यक्रम कार्तिक ७ बाट सर्यो 

logo
प्रकाशित २०७५ असोज २९ सोमबार
NC-party-office.png

काठमाडौँ । नेपाली काङ्ग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । 

पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । 

पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाले शोकस्वरुप चियापान कार्यक्रम पछाडि सार्ने निर्णय भएको पार्टी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले जानकारी दिइन् । 

पार्टी शोकमा रहेकाले श्रद्धाञ्जलिबाहेकका अन्य सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय भएको अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । 

नेता बाँस्तोलाको असोज २७ गते राति निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ