विमानको गेट बन्द गर्दा खसिन् एयर होस्टेस, अवस्था गम्भीर
प्रकाशित २०७५ असोज २९ सोमबार
592
Shares
काठमाडौं । एयर इन्डिया विमानबाट बिहान एयर होस्टेस खस्दा अवस्था गम्भीर रहेको छ । भारतको मुम्बईस्थित छत्रपति शिवाजी टर्मिनलबाट दिल्ली जाने तयारीमा रहेको एआई ८६४ विमानबाट ५३ वर्षीया एयर होस्टेस विमानको ढोका लगाउने क्रममा खसेकी थिइन् ।
उनको नानावती अस्पतालमा उपचार भइरहेको छ ।
एयरक्राफ्टको गेट बन्द गर्ने क्रममा पछाडिबाट कसैले धक्का लगाएर उनी लडेको बताइएको छ । यसबारे अनुसन्धान भइरहेको बुझिएको छ ।