arrow

बीआरआईः विकासको लागि महत्वपूर्ण, आर्थिक हिसाबमा जोखिम

logo
प्रकाशित २०७५ असोज २९ सोमबार
xi-jing-ping.png

काठमाडौं । चीनको महत्वाकांक्षी योजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मुलुकको संरचना निर्माणको हिसाबमा निकै राम्रो कदम भए यसले विभिन्न मुलुकहरुलाई ऋणको जोखिम बढाउने विश्व बैंकले बताएको छ । बैंकका अधिकारीहरुले पाकिस्तानले अहिले सामना गरिरहेको ऋणको जोखिमलाई आधार मान्दै यस किसिमको अभिव्यक्ति दिएका हुन् । 

चीनले सन् २०१३ मा यो योजना अघि सारेको हो । चिनिया राष्ट्रपति सि चिनफिङले यो योजना अघि सारेका हुन् । एसिया, युरोप र अफ्रिकाका केही बन्दरगाहहरुलाई पनि समेट्ने गरी यस किसिमको योजना अघि सारिएको हो । यो योजनाको लागि अर्बौं डलरबराबरको ऋण चीनले दिइसकेको छ ।

 

यसले साना मुलुकहरु चीनको ऋणको जालमा पर्नसक्ने भन्दै अर्थविद्हरुले चीनको आलोचना गर्दै आएका छन् । यस्तो अवस्थामा अहिले नै केही मुलुकहरुको ऋण उच्च रहेको कारण समस्यामा परेको अवस्थामा चीनको ऋणले थप समस्या उत्पन्न हुनसक्ने आशंका गरिँदै आएको छ । 

इन्डोनेसियामा गत साता भएको बैठकको क्रममा आईएमएफ र विश्व बैंकले चीनको यो योजनाले ठुलो अन्तरलाई पूरा गर्नको लागि महत्वपूर्ण सहयोग पुग्नसक्ने देखिन्छ । यद्यपि उनीहरुले चीनको यो योजनाको विषयमा धेरै किसिमको आशंकाहरु पनि व्यक्त गरेका छन् । आईएमएफ तथा विश्व बैंकको विवरणमा संरचनामा अहिले गर्न लागिएको लगानीले आगामी दिनमा व्यापार, लगानी, आर्थिक सुधारलगायतका धेरै मामिलामा सहयोग पुग्नसक्ने  उल्लेख गरिएको छ । 

यसले व्यापारको साथै क्षेत्रीय विकासका सथै लगानीमा पनि महत्वपूर्ण सुधार आउने अधिकारीहरुले बताएका छन् । यद्यपि यस विषयमा धेरे किसिमको चुनौतीहरु पनि रहेका छन् । विशेषगरी यस मामिलामा वातावरणीय तथा सामाजिक जोखिमहरु रहेका छन् । यो योजना निकै महँगो भएको कारण सार्वजनिक ऋणको योजना निकै महत्वपूर्ण हुनसक्ने देखिन्छ । विश्व बैंकले सार्वजनिक गरेको विवरणमा यो योजना पूरा भएपछि उक्त सञ्जाल जोडिएका मुलुकहरुको व्यापारमा ३.६ प्रतिशतको वृद्धिदर हासिल हुनसक्ने उल्लेख गरिएको छ भने विश्व व्यापारमा यसले २.४ प्रतिशतको वृद्धिदर हासिल गराउने विवरणमा भनिएको छ । 


ऋणको जोखिम 

मध्य एसिया तथा अन्य क्षेत्रका केही मुलुकहरुलाई चीनको यो योजनाले संरचना निर्माणको हिसाबमा निकै महत्वपूर्ण सहयोग पुग्नसक्ने देखिन्छ । त्यसका साथै उनीहरुलाई आफ्नो व्यापार विस्तारको लागि निकै महत्वपूर्ण सहयोग पुग्ने आईएमएफका मध्यपूर्व तथा मध्य एसिया विभागका निर्देशक जिहाद अजौरले बताए । उनले खर्चको मामिलामा भने निकै नै संवेदनशील हुनुपर्ने बताए । उनले यस विषयमा पारदर्शी किसिमको योजना अघि सारिनुपर्ने बताए । साथै उनले आगामी दिनमा सन्तुलित ऋणको लागि पनि लागिपर्ने बताए । पछिल्लो पाँच वर्षमा चीनले बीआरआईको योजनामा रहेर गरेको प्रत्यक्ष लगानीको नतिजा ६० अर्ब डलर नाघिसकेको छ । 

विश्व विकासको विषयमा काम गरिरहेको थिंक–ट्यांकले चीनको ऋणको भारत विशेष गरी अठ मुलुकहरुलागि अत्यधिक रहेको बताएको छ । यद्यपि विश्व बैंकका पूर्वअधिकारी भने अहिले सुनिएको जस्तो ठुलो जोखिम भने बीआरआईको लागि नरहेको बताएका छन् । उनीहरुले केही साना मुलुकहरुको लागि भने ऋणबाट पार पाउनु ठुलो चुनौती हुनसक्ने उनीहरुको भनाइ छ । यसमा पनि सबैभन्दा बढी जोखिम पाकिस्तानको लागि रहेको बताइएको छ । जसका लागि ५४ अर्ब डलरको कोष स्थापना गरिएको छ । पाकिस्तानको ग्वाडार बन्दरगाहबाट चीनसम्म जोड्नका लागि सो कोषको व्यवस्था गरिएको हो । 
पछिल्लो समय अमेरिकी डलरको मूल्यमा देखिएको वृद्धिले भने अवस्था झन् खराब बन्नसक्ने अर्थविद्हरुको भनाइ छ । 

बजारको चुनौती 

ऋण लिएका मुलुकहरुका लागि आफ्नो ऋण फिर्ता गर्न नसक्नु अर्को चुनौतीको विषय हो । केही समयअघि श्रीलंकाले आफ्नो ऋण फिर्ता गर्न नसक्दा उसको बन्दरगाहमा चीनले नियन्त्रण कायम गरेको छ । मलेसियाले गत अगष्ट महिनामा तीन महत्वपूर्ण योजनाहरुबाट बाहिरिने निर्णय गरेको थियो । जसमा २० अर्ब डलरको रेलमार्ग निर्माणको योजना पनि रहेको थियो । जसमा चिनियाँ कम्पनीले निर्माण गर्ने योजनाहरुमा चिनियाँ कामदारहरुको नै प्रयोग हुनसक्ने बताइएको छ । यसले पनि अन्य मुलुकहरुलाई भने यो योजनाले खासै धेरै ठुलो सहयोग पुर्‍याउन भने नसक्ने अनुमान गरिएको छ । 

बीआरआईको योजनामा केवल ३.४ प्रतिशतको हिस्सा विदेशी कम्पनीले निर्माण गर्ने भएका छन् । पाकिस्तानको ग्वाडार बन्दरगाहको योजनाबाट आउने राजस्व आगामी ४० वर्षसम्मका लागि चीनले ९१ प्रतिशत पाउनेछ । एजेन्सीको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ