arrow

तीन भरुवा बन्दुकसहित पाँच पक्राउ

logo
प्रकाशित २०७५ असोज २९ सोमबार
suklaphanta-wildlife-reserve.jpeg

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका वन सुरक्षाकर्मीले आज बिहान तीन भरुवा बन्दूकसहित पाँच जनालाई पक्राउ गरेको छ। निकुञ्ज कार्यालयका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका कृष्ण चौधरी, वीरबहादुर चौधरी, दिलबहादुर चौधरी, रमेश चौधरी र अनिल चौधरी छन्। अभियुक्तबाट तीन भरुवा बन्दुक, त्यसमा लाग्ने गोली र बारुद बरामद गरिएको निकुञ्जका निमित्त कार्यालय प्रमुख गोपालबहादुर घिमिरेले बताए।

“निकुञ्जभित्रको क्षेत्रमा बाघ गणनाका लागि राखिएको क्यामेरामा दुई जना बन्दुकसहित देखिएका थिए”,कार्यालय प्रमुख घिमिरेले भने “त्यसै बेलादेखि निगरानी राख्दै आएका थियौँ। क्यामरामा देखिएका उनीहरु भागेर भारततर्फ गएका थिए। दशैंका लागि घर आएका बेला छापा मारेर तिनलाई पक्राउ गरिएको छ।” अभियुक्त पाँचै जनालाई निकुञ्जको मझगाउँस्थित कार्यालयमा राखिएको छ। पक्राउ परेकामाथि वन्यजन्तु चोरी शिकारसम्बन्धी मुद्दा चलाइने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ