लहान। सिरहाको धनगढीमाई नगरपालिका–७ मा आज एक किशोरको शव फेला परेको छ। घरबाट हराएका धनगढीमाई–११ महुवाडाँडा निवासी १८ वर्षीय विलाश यादवको शव फेला परेको हो।
बेवारिसे अवस्थामा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवपरीक्षणका लागि रामप्रसाद उमा स्मारक अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए। स्थानीयवासीले किशोरको हत्या गरी फ्याँकिएको हुन सक्ने आशङ्का गरेका छन्।