दशैंमा शोक: कर्णाली नदीमा डुङ्गा पल्टीदा २ जना बेपत्ता, ३ जना बाँच्न सफल
देवानन्द न्यौपाने
प्रकाशित २०७५ असोज २९ सोमबार
459
Shares
लम्की। कैलालीको महोन्याल गाउपालिका र लम्कीचुहा नगरपालिकाको सिमानामा पर्ने पिचमारीस्थित कर्णाली नदिमा डुङ्गा पल्टीदा २ जना बेपत्ता भएका छन् ।
डुङ्गामा सवार जोशीपुर गाउपालिका वडा नम्बर ५ का २२ बर्षिय समिर र २३ बर्षिय पुरुषोत्तम चौधरी बेपता रहेको इलाका प्रहरी कार्यालय चिसापनीका प्रहरी निरीक्षक दिपेन्द्र केसीले जानकारी दिए ।
घुम्नको लागि जोशीपुरका समिर बडेला र पुरुषोत्तम एक मोटरसाईकलमा र बौनियाका दुसान्त हमाल र चक्र विडारी अर्को मोटरसाईकलमा चिसापानी, पिचमारी गएको बताइएको छ । पिचमारीदेखि चिसापानीतर्फ २ वटा मोटरसाइकलमा सवार चारै जना पिचमारीबाट चिसापानीसम्म लैजान आग्रह गदै डुङ्गामा चढेका बताइएको छ।
सवार चारै जनाले मदिरा सेवन गरेकाले डुङ्गामा बस्दा असन्तुलन हुदा डुङ्गा पल्टिएको चालक सुगरखालका प्रकास विष्टले बयान दिएको प्रहरीले जनाएको छ । ढुङ्गामा सवार बौनियाका दुसान्त हमाल, चक्र विजाडी र चालक सुगरखालका प्रकास विष्ट पौडेर बाच्न सफल भएको प्रहरी जनाएको छ ।
बेपताको खोजि कार्य भैरहेको छ । घटना साझ अबेर भएकाले अहिले रातमा खोजि गर्न अप्ठारो भएको र भोली बिहानबाट खोजि कार्य फेरी सुरु गर्ने इलाका प्रहरी कार्यालय चिसापानीका इञ्चार्ज प्रहरी निरीक्षक दिपेन्द्र के.सिले बताए। पिचमारीको जंगलमा राखिएका दुई मोटरसाईकल भने प्रहरीले प्रहरी कार्यालयमा ल्याएको छ ।