arrow

पूर्वमा सुरक्षा चुनौती, विष्फोटक सामग्री बरामद

logo
प्रकाशित २०७५ असोज ३० मंगलबार
sunsari.png

इनरुवा । चाडपर्व नजिकिएसँगै सुनसरीमा भारतीय बजारबाट विष्फोटक सामग्री भित्रिने क्रम शुरु भएको छ । खुल्ला सीमाका कारण तस्करहबाट अवैध रुपमा विष्फोटक सामग्री भित्र्याउने क्रम बढेसँगै प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका सिसुवा धर्मपुरबाट ठूलो परिणाममा विष्फोटक सामान बरामद गरेर सोमबार सार्वजनिक गर्यो । 

सुनसरी जिल्ला प्रहरी कार्यालयले सदरमुकाम आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त स्थानबाट नागीन पट्टका करीब छ बण्डल र झिरझिरे करीब १०० प्याकेट बरामद गरिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

भारतीय बजारबाट अवैध रुपमा नेपालतर्फ विष्फोटक पदार्थ ल्याइरहेका व्यक्ति प्रहरीलाई देखेपछि ती सामान छोडेर भागेको उनको भनाइ थियो । 

बैकिङ कसुरमा पक्राउ 
यसैबीच प्रहरीले बैकिङ कसुरमा सुनसरी देवानगञ्ज गाउँपालिका–७ घर भई हाल काठमाडौँ नगार्जुन नगरपालिका–४ बस्ने मिथिलेशकुमार बर्मालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ ।

प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलका अनुसार बर्माले विराटनगर उपमहानगरपालिका–४ का नरेशकुमार साहलाई सनराइज बैंकको रु १३ लाख ८५ हजारको चेक दिएको र सो चेक बाउन्स रहेको कसुरमा नगार्जुन–४ बाट उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ