arrow

फूलपातीको बिहानै बस दुर्घटना, पाँच घाइते

logo
प्रकाशित २०७५ असोज ३० मंगलबार
accident-final.jpeg

बैतडी । महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । 

घाइते हुनेमा बैतडीको सिगास गाउँपालिका–९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना, १४ वर्षीया सुनिता ठगुन्ना, छ वर्षीय युवराज जोशी र २७ वर्षीय धर्मानन्द जोशी रहेका छन् । 

घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । 

अत्तरियाबाट गन्नाका लागी छुटेको पवनदूत यातायातको ना५ख ८११७ नं को बस मंगलबार बिहान ५ बजे एक्कासी बाङ्गाबगरमा सडकमा पल्टेको हो । 

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ