arrow

मर्मतको नाउँमा, डोजर चल्यो गाउँमा

logo
रमित बिक
प्रकाशित २०७५ असोज ३० मंगलबार
road1.jpg

बाजुरा । बडादशै नजिकिएसँगै बाजुुराको गौमुल गाउँपालिकाका ग्रामीण सडक मर्मत कार्य शुभारम्भ गरिएका छन् । वर्षायामको समयमा करिब ३ महिना बन्द भए लगत्तै ग्रामीण सडकहरुलाई मर्मत गर्न लागिएको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । 

उनले भने, ‘सबै सडक दशैं अघि नै सहज रुपमा सञ्चालनका लागि मर्मत गर्न लागेको जानकारी दिए। वर्षायाममा अबरुद्ध घट्मुना मार्तडी सडकखण्डको मर्मत कार्य गत हप्ताबाट सुरु भएको छ।’ 

यस्तै दशैं अगाडि नै सबै ग्रामीण सडक मर्मत गरिने प्रमुख प्रशासकीय अधिकृत टंकनाथ खनालले जानकारी दिए।  

सडक बन्द हुँदा सदरमुकाम मार्तडी आवत जावत गर्ने अप्ठ्यारो हुनुका साथै दैनिक उपभोग्य समाग्रीहरु चर्का मुल्यमा किन्न स्थानीय बाध्य भएका थिए । सडक सुचारू भएपछि दैनिक उपभोग्य सामाग्री दशैँमा किन्न सहज हुने स्थानीय उज्ज्वल बिकले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ