ग्रामिण पत्रकार मञ्चको अध्यक्षमा अधिकारी सर्वसम्मत, हाम्राकुराकर्मी रेग्मी सहसचिव
प्रकाशित २०७५ असोज ३१ बुधबार
345
Shares
ग्वाल्डुब्बा । गौरादह नगरपालिका र गौरिगन्ज गाउँपालिका क्षेत्रमा बसोबास गरि पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको छाता संस्था ‘ग्रामिण पत्रकार मंच’ गठन गरिएको छ ।
यस क्षेत्रमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुको साझा संस्था स्थापना गर्न आवस्यक रहेको साथै विभिन्न संघ सस्थाका सदस्य र बौद्धिक ब्यक्तित्वहरुको सुझाब सल्लाहलाई मध्यनजर गरी संस्था स्थापना गरिएको छ ।
नवगठित ७ सदस्यीय मंचको अध्यक्षमा बेनु अधिकारी (सम्पादक – कसार साप्ताहिक) उपाध्यक्षमा झगेन्द्र खड्का (पूर्व सन्देश दैनिक, सप्तरंगी एफएम), सचिब आत्माराम राजबन्शी (सम्पादक कोचिला न्यूज), सहसचिब युबराज रेग्मी (हाम्राकुरा अनलाइन, कोचिला न्युज, कोषाध्यक्षमा शान्ति सुब्बा (एफएम प्लस) रहेका छन् ।
सदस्यहरुमा सान नेपाल (इजलास दैनिक, पाथिभरा एफएम) र मदन राजवंशी (गौरिगन्ज दर्पण) रहेका छन् ।
उक्त मन्चको सल्लाहकार समितिको संयोजकमा गौरादह नगर प्रमुख रोहितकुमार साह साथै सल्लाहकार समिति सदस्यहरुमा गौरिगन्ज गाउँपालिका प्रमुख बाबुराजा श्रेष्ठ, गौरादह नगर उपप्रमुख गीत भेटवाल, गौरिगन्ज गाउँपालिका उपाध्यक्ष दीपेन्द्र थापा साथै पत्रकारहरु डन्डीराज घिमिरे र दिपक सुवेदी रहेका छन् ।
ग्वाल्डुब्बा बजारमा गठन गरिएको उक्त संस्थाले आगामी दिनहरुमा यस पेशामा आबद्ध संचारकर्मीहरुको हक, हित अधिकार, कर्तब्य र दायित्वलाई आत्मसाथ गर्दै गौरादह र गौरिगन्ज क्षेत्रमा रहेका संघ सस्थाहरुसंग सहकार्य गरि अघि बढ्ने संस्थाको लक्ष्य रहेको छ ।
नेपालीहरुको महान् चाड बिजया दशमीको सातौं दिन फुलपातीको अबसर पारेर गठित संस्थाका सदस्यहरुबीच दशैंको शुभकामनासमेत आदान प्रदान गरिएको थियो ।