arrow

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस : गरिबीबारे बुझाइमै समस्या 

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ असोज ३१ बुधबार
garib.JPG

काठमाडौं । वुधबार अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाउने गरिएको छ । गरिबीको उन्मुलन शान्ति, स्थायित्व र आर्थिक बिकासकालागि अत्यन्त महत्वपूर्ण मानिन्छ । 

यही कुरालाई लिएर गरिबी निवारणका लागि शान्तिपूर्ण र समावेशी समाजहरु भन्ने विश्वव्यापी अवधारणा अघि सारिएको छ ।  सन् २०११ मा २५ दशमलव २ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको नेपालमा सन् २०१५ सम्म घटेर २१ दशमलव ६ प्रतिशत रहेको तथ्याङ्क छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले २१ दशमलव ६ प्रतिशत ‘राष्ट्रिय गरिबीको रेखा’हो, भनेका छन् । 

उनका अनुसार नेपालमा निरपेक्ष, बहुआयामिक, खाद्य उपलब्धता, आर्थिक अवस्था र मानवीय विकास सुचकाङ्क लगायत गरिबीका ६ वटा आयाम रहेका छन् । ६ वटा आयामले गरिबी पहिचान गर्ने गरिएको छ । जसमध्ये, झण्डै २८ प्रतिशत बहुआयामिक गरिबी रहेको तथ्याङ्क रहेको छ । 

अहिले कतिपयले नेपाल बैदेशिक रोजगारीबाट आएको बिप्रेषण अथवा रेमिट्यान्सले चलेको भन्छन् । तर, अर्थविदहरु बिप्रेषणबाट आएको रकमले बढेको आय लाई दिर्घकालीन मान्न सकिदैन भन्दछन् । 

सरकारी प्रयास स्वरुप गरिबी निवारण कोष मार्फत नेपालभरिका ५९ जिल्लामा ३० हजार सामूदायीक संस्थाले आय आर्जनका कार्यक्रम गरिरहेका छन् । गरिबी निवारण कोषसँग सँगै स्वावलम्बन कोष, गरिबसँग विश्वेश्वर, एलजीसीडीपी लगायत कार्यक्रम सञ्चालनमा भएपनि गरिबीको रेखामुनी रहेको जनसंख्यालाई माथि ल्याउन नसकिएको सचिव मैनालीले स्वीकारेका छन् ।  तर, सचिव मैनालीले गरिबी निवारणका लागि अहिले थुप्रै काम भएको भन्दै गरिबीबारेको बुझाईमा पनि समस्या रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ