arrow

जहाँ हरेक शनिबार भक्तिमय भजन कीर्तन हुन्छ, संगीतले बजार झुम्छ

logo
युबराज रेग्मी 
प्रकाशित २०७५ असोज ३१ बुधबार
mandir111.jpg

झापा । झापा जिल्लाको गौरादह नगरपालिका वडा न १ गौरादह बजारमा अवस्थित दुर्गा मन्दिरमा प्रत्येक शनिबार साँझ भक्तिमय भजन कीर्तन हुनेगर्दछ । बजारको मध्य भागमा रहेको उक्त स्थान  भक्तजनका भजन किर्तनका  शब्द संगीतले संगीतमय हुने गरेको मन्दिरका अध्यक्ष खगेन्द्र कार्की बताउँछन् । 

२०१९ सालमा स्थापना भएको यस मन्दिरमा हुने भजन किर्तन कार्यक्रममा वृद्धदेखि युवा तन्नेरी पुस्तासम्म आउने गरेको पाइन्छ। 

रात्रीकालिन समयमा हुने भजन किर्तनले बीचबजारमा रहेको मन्दिरको वरिपरिको वातावरणलाई संगीतमय बनाउन सहयोग पुर्याएको छ ।    

आर्थिक अभावका कारण मन्दिरलाई सोचेजति सुबिधा सम्पन्न बनाउन नसकेता पनि केही इच्छुक भक्तजनले यथासक्य आर्थिक सहयोग गर्दै आएको मन्दिरभित्रको चन्दा लिस्टले छर्लङ्ग पारेको देखिन्छ ।

उक्त मन्दिरलाई आवश्यक विकास गर्नका लागि आवश्यक आर्थिक सहयोगको अपेक्षाले हरेक बर्षको नवरात्रभर दुर्गापुराण लगाउँदै आएको बजार ब्यबस्थापन समिति अध्यक्ष खड्ग थापाले बताए । 

यस वर्ष पनि दुर्गा मन्दिरका पुजारी रामप्रसाद सुबेदीको मुखार बिन्दबाट कथा बाचन तथा पाठ पारायण गरि नबरात्र पुराण लगाइएको छ ।

साथै पुराण अवधिभर रात्रीकालिन समयमा भजन किर्तन हुने गरेको पाइन्छ । 

साथै पुराण समयमा इच्छुक चन्दा दाताले आर्थिक सहयोग गर्नेहुनाले  मन्दिरको स्तर उन्नतिगर्न थोर बहुत सहयोग पुग्दै आएको भएताप पनि उचित मात्रामा सहयोग जुटाउन नसकिएकोले मन्दिरलाई सोचेजति भरिपूर्ण गराउन नसकिएको मन्दिर समिति सदस्य टंक बोहोराले बताए। 

 

नबरात्रको अष्टमीको रात्रीकालिन कार्यक्रममा उपस्थित भएका कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मन्दिरको स्तर उन्नती र  बिकासका लागि आवस्यक सहयोग गरिनुका साथै गौरादह बजारलाई पनि ब्यबस्थित बजारमा रुपान्तरण गर्ने कार्य समेत साथ साथै अघि बढाइने जानकारीसमेत दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ