arrow

चियापानको आयोजना गर्न प्रधानमन्त्री ओली गृहजिल्ला झापामा 

logo
युबराज रेग्मी
प्रकाशित २०७५ कार्तिक १ बिहिबार
kp-sharma-oli.jpg

झापा । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार गृहजिल्ला झापा आउँदै छन्  । प्रधानमन्त्री ओली आफैले विगत केही वर्षदेखि आयोजना गर्दै आएको दशैंको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा सहभागी हुन बिहान ११ बजे झापा आउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीले बिहीबारै  झापा जिल्ला समन्वय समितिको सभाहलमा नेपाल रेडक्रस सोसाईटीले आयोजना गरेको स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ ।

त्यसैगरी प्रधानमन्त्रीको आयोजनामा  विर्तामोडस्थित अग्रसेन भवनमा  शुभकामना आदानप्रदान तथा चियापान समारोह हुँदैछ ।  

प्रधानमन्त्री आफनो निर्वाचन क्षेत्र तथा गृह नगर दमक नआई अपरान्ह पौने ४ बजे भद्रपुर विमानस्थलबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ