arrow

महानवमी : शिवलाई अर्धनारीश्वर बनाउने सिद्धिदात्रीको उपासना किन गर्ने ?

logo
प्रकाशित २०७५ कार्तिक १ बिहिबार
shiva-sidhi-dugra.jpg

या देवी सर्वभू‍तेषु मां सिद्धिदात्री रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस्।।

अर्थ हो माता ! सर्वत्र विराजमान तथा माता सिद्धिदात्रीको रुपमा प्रसिद्ध अम्बे, तपाईँको मेरो वारम्बार प्रणाम छ। अर्थात् म हजुरलाई बारम्बार प्रणाम गर्दछु। हे माता मलाई आफ्नो कृपाको पात्र बनाईदिनुस्।

नेपाली हिन्दूहरुको महानपर्व दशैंको आज नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ। सबै प्रकारका सिद्धि प्रदान गर्ने भएकोले पनि नवरात्रको नवौं दिन यी देवीको पूजा गर्ने विश्वास हिन्दूहरुमा छ। यस दिन शास्त्रीय विधि (विधान तथा पूर्ण निष्ठाका साथ साधना गर्ने साधकलाई सबैप्रकारका सिद्धि प्राप्त हुने विश्वास छ। भनिन्छ यो सृष्टिको परिधी भित्र सिद्धिदात्री देवीको लागि अगम्य बस्तु केही पनि छैन।

मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व तथा वशित्व यो आठ सिद्धिहरु हुन्छन्। ब्रह्मवैवर्तपुराणका श्रीकृष्ण जन्म खण्डमा यही संख्या अठारह मानिएको छ। यिनका नामहरु तल उल्लेख गरिएको छ। 

१. अणिमा २. लघिमा ३. प्राप्ति ४. प्राकाम्य ५. महिमा ६. ईशित्व,वाशित्व ७. सर्वकामावसायिता ८. सर्वज्ञत्व ९. दूरश्रवण १०. परकायप्रवेशन ११. वाक्‌सिद्धि १२. कल्पवृक्षत्व १३. सृष्टि १४. संहारकरणसामर्थ्य १५. अमरत्व १७. सर्वन्यायकत्व १७. भावना १८. सिद्धि

माता  सिद्धिदात्री तथा साधकहरुलाई यी सबै सिद्धी प्रदान गर्ने भएकोले यी देवी उपासनाको लागि योग्य मानिन्छ। देवीपुराणका अनुसार भगवान शिवले यिनै देवीको कृपावाट नै यी सिद्धि प्राप्त गरेका थिए। यिनै देवीको अनुकम्पाका कारण नै भगवान शिवको आधा शरीर देवीको नै बनेको थियो। त्यसैले नै उनी लोकमा अर्ध नारीश्वर नामले चिनिन्छन्। 

माता सिद्धिदात्री चार हात वाली देवी हुन्। यिनको बाहन सिंह हो। कहिलेकाहिँ कमल पुस्पमा पनि बस्ने यी देवीको दाहिने तर्फको तल हातमा कमलको फूल रहेको छ। नवदुर्गाहरुमध्ये सिद्धिदात्री अन्तिम नम्बरकी देवी हुन्। अन्य आठ दुर्गाहरुको पूजा उपासना शास्त्रीय विधि (विधानका अनुसार गरेका भक्तहरु नवौं दिन यी देवीको उपासनामा प्रवृत्त हुन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ