arrow

मनिषाको चियापानमा बलिउड सेलिब्रेटी भेट्दै ओली

प्रधानमन्त्री ओलीसँग बलिउडका अभिनेता ज्याकी श्राफ, फिल्ममेकर सुवास घईसहित नयाँ र पुराना कलाकारले भेट गर्नेछन् ।

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
manishanew-b.jpg.jpeg
काठमाडौं । हाल भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बलिउड सेलिब्रेटीहरुलाई भेट्ने भएका छन् । चर्चित बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले प्रधानमन्त्रीको सम्मानमा आयोजना गर्न लागेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले बलिउडका चर्चित अनुहारलाई भेट्न लागेका हुन् ।

मनिषाले भारतस्थित नेपाली राजदुतावाससँग सहकार्य गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागेकी हुन् । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपि कोइरालाकी नातिनी मनिषा नेपालको राजनीतिमा प्रायः चासो राखिरहन्छिन् ।

समाचार अनुसार प्रधानमन्त्री ओलीसँग बलिउडका अभिनेता ज्याकी श्राफ, फिल्ममेकर सुवास घईसहित नयाँ र पुराना कलाकारले भेट गर्नेछन् । भेटमा प्रधानमन्त्री ओलीले पर्यटकीय दृष्टिले सुन्दर देश नेपालमा बलिउडका फिल्म छायांकन गर्न आउन आव्हान गर्ने बताईएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ