नयाँ दिल्ली। शुक्रबार नेपालीहरुको महान पर्व विजयादशमी। नौ दिनसम्म घरघरमा राखेका जमरालाई विधिवत् रुपमा पूजा गरी बाहिर निकालेपछि ठूलाको हातबाट सानाको माथमा लगाईदिने यस दिन हरेक शुभ कार्यका लागि मंगलमय मानिन्छ। यस दिन ठूलावडाबाट आशीर्वाद लिने क्रममा अनेकानेक आशीर्वादहरुको प्रयोग गर्ने गरिन्छ।
जमाना अनुसार अघिबढ्दै जाँदा ठूलावडाबाट सन्तानले डाँडाकाँडा ढाकून् जस्ता आशीर्वादहरु हिजोआज विस्थापन हुँदै गएका छन् भने संस्कृत अध्ययन नगरेकाहरुले पनि शुद्ध रुपमा संस्कृत श्लोकहरु नै प्रयोग गरेर आलंकारिक रुपमा आशीर्वाद दिने गरेको पाईन्छ।
यसरी संस्कृत अध्ययन नगरेकाहरुले दिईने आशीर्वाद अर्थ धेरैलाई जनकारी नहुँदा धेरैले अशुद्ध समेत उच्चाहरण गर्नसक्ने विषयलाई केन्द्रीत गर्दै हामीले तल दशैंमा सर्वव्यापी रुपमा प्रयोग हुने आशीर्वादको श्लोक र अर्थ प्रस्तुत गरेका छौ।
श्लोक : आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे।
ऐश्वर्यं नउषे गतिश्च पवने मानं च दुर्योधने।।
शौर्य शान्तनवे बलं च हलघरे सत्यं च कुन्तीसुते।
विज्ञाने विदुरे भबन्त्तु भवतं कीर्तिश्च नारायणे।।
अर्थ :
आयु द्रोण सुते - द्रोण पुत्र अस्वत्थामाको जस्तो दीर्घ आयु होस्।
श्रेयं दशरथे - दशरथ राजको जस्तो मान-सम्मान फैलिर्इ रहोस्।
ऐश्वर्यं नहुशे - नहुश राजाको जस्तो ऐश्वर्य बनिरहोस्।
गतिश्च पवने - हावाको जस्तो तीब्र गति होस्।
मानश्च दूर्योधने - दुर्योधनको जस्तो मान प्रतिष्ठा होस्।
शौर्यं शान्त नभे - आकाश जस्तो शान्त र पराक्रमी होस्।
बलं च हलदरे - बलरामको जस्तो बल होस्।
सत्यं च कुन्ती सुते - कुन्ती पुत्र युधिस्ठिरको जस्तो सत्यवादीता होस्।
विज्ञाने विदुरे - विदुरको जस्तो विज्ञान होस्।
कृतिश्च नारायणे- नारायणको जस्तो कृत्ति होस्।
कल्याण होस्, महालक्ष्मी प्रसन्न हुनुहोस्, देवताहरुले सधै रक्षा गरिरहुन्, सधै महापुरुषहरुको आशीर्वाद लागिरहोस्
श्लोक : जय त्वं देवी चामुन्डे जय भूतार्तिहारिणी।
जय सर्वगते देवी कालरात्री नमोकस्तुते।।
अर्थ:
देवी, चामुन्डे ! तिम्रो जय होस्, सम्पूर्ण प्राणीको दु:ख हरण गर्ने जगदम्बे! तिम्रो जय होस्, सबमा व्यापक रहनेवाली देवी! तिम्रो जय होस्। हे कालरात्री तिमीलाई नमस्कार छ।