arrow

चीनको आर्थिक सुधार २००९ यताकै कमजोर 

logo
एजेन्सी,
प्रकाशित २०७५ कार्तिक २ शुक्रबार
china6.jpg

काठमाडौं। चीनको आर्थिक वृद्धिदर सन् २०१८ को तेस्रो त्रैमासिक अवधिमा २००९ यताकै कमजोर बन्न पुगेको छ। ऋण तथा व्यापारयुद्धको जोखिमको कारण चीनको अर्थतन्त्र कमजोर बन्न पुगेको हो। चिनियाँ अधिकारीहरुले दिएको जानकारी अनुसार धेरै चुनौतीहरुको सामना गरिरहेको कारण चिनियाँ अर्थतन्त्र तुलनात्मकरुपमा केही कमजोर बन्न पुगेको हो। 

उक्त तीन महिनाको अवधिमा चीनको अर्थतन्त्रमा छ दशमलव ५ प्रतिशतको वृद्धिदर हासिल गरेको हो। यो नतिजा दोस्रो त्रैमासमा छ दशलमव ७ प्रतिशतमा रहेको थियो। यसअघि विश्लेषकहरुले भने सो अवधिमा छ दशलमव ६ प्रतिशतको आर्थिक सुधारको अनुमान गरेका थिए।

सो अवधिमा भएको आर्थिक सुधार चीनको लागि सन् २००९ को पहिलो त्रैमासयताकै सबैभन्दा कमजोर नतिजा हो। अहिले सार्वजनिक भएको विवरणले वर्षको अन्तिम तीन महिनाको आर्थिक अवस्था पनि कमजोर हुनसक्ने विश्लेषकहरुले बताएका छन्। शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार चीनका अधिकांश आर्थिक सूचकहरुमा गिरावट आएको देखिएको छ। आगामी वर्षको लागि चीनको आर्थिक क्षेत्र कमजोर रहनसक्ने केही विश्लेषकहरुको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ