arrow

१८ वर्षपछि फेरि अरुणाञ्चल उच्च जोखिममा, त्रास ब्रह्मपुत्रकै

logo
प्रकाशित २०७५ कार्तिक २ शुक्रबार
yarlung-tsangpo-river.jpg

नयाँ दिल्ली । भूस्खलनका कारण चीनबाट बग्ने ब्रह्मपुत्र नदीको बहाब रोकिएपछि त्यसभन्दा तलका तिब्बती भूमिसँगै भारतको अरुणाञ्चल प्रदेश पनि उच्च जोखिममा परेको छ । भूकम्पका कारण गएको पहिरोको समयमा नै व्यवस्थापन गर्न नसक्दा जोखिम चुलिँदो छ भने नदी आसपासका वासिन्दाहरु उच्च त्रासमा परेका छन् । चीनमा आएको प्राकृतिक आपतका कारण भारतमा खतरा पैदा भएपछि विशेषगरी अरुणाञ्चलमा हाई अलर्ट जारी गरिएको भारतीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । 

सो भू स्खलन पछि तिब्बतमा रहेको सो नदीमा एक कृतिम झिल बनेको छ । चिनियाँ इमर्जेन्सी सर्विसेज सेन्टरलाई उदृत गर्दै चिनियाँ सञ्चारमाध्यमहरुले बताए अनुसार भूस्खलनबाट करीब ६ हजार जनालाई सुरक्षित रुपमा उद्दार गरिसकिएको छ । अहिलेसम्म यसबाट घाईते भएकाहरुको यकीन जानकारी नआएको पनि चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुका अनुसार चीनले यो खतराको विषयमा निरन्तर भारतलाई जानकारी दिईरहेको छ । 

पटक पटकको समस्या उस्तै 
यस्तै समस्या धेरै वर्ष पहिले पनि पटक पटक चीनमा दोहोरिँदै आएको छ । यस अघि पनि ब्रह्मपुत्र नदी थुनिएर भारतमा खतरा बढ्दैजाँदा चीनले असुरक्षित रुपमा उक्त कृतिम ताल फुटाएकोले आफूहरुले गम्भीर घाटा बेहोर्नु परेको आरोप भारतले पटक पटक लगाउँदै आएको छ । अहिले भने चीनले नदीको बहाब बदल्ने प्रयास गरिरहेको जानकारी भारतलाई दिएको भारतीय अधिकारीहरुले जनाएका छन् । तर, सम्भावित खतराग्रस्त क्षेत्रमा यस विषयमा हाई अलर्ट भने जारी गरिएको उनीहरुले जनाएका छन् । 

प्रतिपक्षी काँग्रेस सांसद्को सरकारलाई पत्र 
यसैबीच अरुणाञ्चलमा हाई अलर्ट जारी गरिएसँगै अरुणाञ्चलबाट काँग्रेसका सांसद् निनोङ्एले चिठ्ठी लेख्दै विदेश मन्त्री सुस्मा स्वराज तथा जल संसाधन राज्यमन्त्री अर्जुन मेघवाललाई यो मामलामा हस्तक्षेप गरी सुरक्षित रुपमा पानीको बहाब निकास गर्ने व्यवस्था गर्न माग गरेका छन् । उनले यस अघिको जस्तो अरुणाञ्चल डुब्न नदिई तत्काल समस्या समाधान गर्न पनि माग गरेका छन् । उनका अनुसार १६ अक्टोबरमा आएको सो भूस्खलनको कारण ब्रह्मपुत्रको फ्लो ब्लकेज मिलिन सेक्सनसम्म आईपुगेको जानकारी चीनले भारतलाई दिएको छ । 

४० मिटर गईराईमा पानी 
नदीको बहाब रोकिए पछि नदीको किनारमा ४० मिटर माथिसम्म पानीको मात्रा बढेको छ । यो खतराको उच्च विन्दू रहेको पनि चीनले जनाएको छ । यही अवस्थामा यदी ब्रह्मपुत्र नदीको बहाब फुट्यो भने आधा भन्दा बढी अरुणाञ्चलको क्षेत्र डुवानमा पर्ने आकलन भारत सरकारको छ । यस्तै समस्या सिर्जना भएपछि अहिले अरुणाचलको ईस्ट सियांग जिल्ला प्रशासन कार्यालयले  नदीको किनार आसपास बसोबास नगर्न चेतावनी दिएको छ । 

यस्तै प्रकृतिको समस्या २००० सालमा पनि यही ब्रह्मपुत्र नदीमा देखिएको थियो । सो समय एकै पटक चीनले पानीको बहाब खोलीदिएको आरोप भारतले लगाएको थियो भने सो समय अरुणाञ्चलका धेरै क्षेत्रहरुमा ठूलो धनराशीको क्षति भएको थियो ।

भारतमा बग्ने ब्रह्मपुत्र नदी चीनमा थुनियो (फोटो)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ