arrow

'रावण मार्न गएका' ५० भारतीयको पटाकाले लियो ज्यान 

logo
प्रकाशित २०७५ कार्तिक २ शुक्रबार
Train_accident.jpg

नयाँ दिल्ली । दशहराको दिन रावण दहन गर्न गएका ५० जना भारतको पञ्जाव राज्यमा आफैं मृत्युको शिकार बनेका छन् । रामले त्रेता युगमा रावणलाई दहन गरी आसुरी शक्तिमाथि दैवी शक्ति स्थापना गरेको उपलक्ष्यमा मनाईने दशहरामा रावणको प्रतीमामा तीर हान्नको लागि उपस्थित भएको स्थानमा नै रेल दूर्घटनामा परी ज्यान गुमाएको नव भारत टाईम्सले जनाएको छ ।  

सो घटना पञ्जाबको अमृतसरमा भएको हो । रावण दहनको दृश्य हेर्नका लागि उपस्थित भएका दर्शकहरु ट्रेनमो लीगमा समेत पर्याप्त मात्रामा थिए । सोही समयमा अमृतसर तथा मनावलाको बीचमा फाटक नम्बर २७ मा रेलले हर्न बजाउँदा पनि पटाकाको तीब्र आवाजका कारण सो हर्न सुन्न नसक्दा उनीहरुको ज्यान गएको पञ्जाव प्रहरीले जानकारी दिएको छ । डीएमयू ट्रेन नम्बर ७४९४३ को दूर्घटना भएको हो । घटना पछि पञ्जाव सरकारले मृतकको परिवारलाई पाँच पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

सधैं हुन्थ्यो दशहरा मेला 
जुन ठाउँमा दूर्घटना भएको थियो सो स्थानमा हरेक वर्ष दशहरा मेला आयोजना हुँदै आएको थियो । प्रत्यक्षदर्शीका अनुसार यो साल पनि पहिले जस्तै रावण दहनको काम चलेको हो । तर, सो दहनको समयमा ठूला ठूला स्वरमा पटाकाको आवाज आएकोले रेलको हर्न सुन्न नसक्दा यस्तो दूर्घटना भएको हो । 

त्यस्तै पञ्जावका प्रहरी कमिस्नर एसएस श्रीवास्तवले मरनेवालाको वास्तिविक संख्या पत्ता नलागेको भन्दै कम्तिमा पनि ५० देखि ६० जना को ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले जनाए दुख
यसैवीच, प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अफिसियल अफिशियल ट्विटर अकाउन्टकनट ट्वीट गर्दै सो रेल दूर्घटनाको बारेमा दुख व्यक्त गरेका हुन् । यसैबीच पंजाबका मुख्यमन्त्री क्याप्ट्न अमरिंदर सिंहले तत्काल उद्दार कार्यमा लाग्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ