arrow

टाटासुमो बाटोबाट ३०० मिटर तल खस्यो, दुईको मृत्यु

logo
रासस,
प्रकाशित २०७५ कार्तिक ३ शनिबार
tata-sumo-accident-files.jpg

रामेछाप। रामेछाप नगरपालिका–२ खरानेपाखामा आज साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्।

मृत्युहुनेमा ६० वर्षीया आमा ललिमाया कार्की र छोरा दुर्गाबहादुर कार्की रहेका छन्। घाइते सात जनालाई सदरमुकाम मन्थली ल्याइएको वडा नं १ का वडाध्यक्ष नरबहादुर थापाले जानकारी दिए।

ना१ज ४८१२ नं को टाटासुमो रामेछाप नगरपालिकाको कुकुरकाटे भञ्ज्याङदेखि रामेछापकै गोठगाउँ जाँदै गर्दा दुर्घटना भएको हो। सो टाटासुमो बाटोबाट करिब ३०० मिटर तल खसेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ