arrow

नाइजेरियामा भड्किएको हिंसामा परी ५५ भन्दा बढीको मृत्यु 

logo
प्रकाशित २०७५ कार्तिक ४ आइतबार
nigeria_violence.png

काठमाडौं । नाइजेरियाको काडुना राज्यको एक बजारमा भड्किएको हिंसामा परी ५५ भन्दा बढीको ज्यान गएको छ । 

दुई समुदायको बीचमा देखिएको विवादपछि भड्किएको हिंसामा परी उनीहरुको ज्यान गएको नाइजेरियाका राष्ट्रपति मुहाम्मादु बुहारीले जानकारी दिएका छन् । 

कासुवान मगानी भन्ने स्थानमा मुस्लिम र स्क्रिस्चियन युवाहरुको बीचमा भएको झडपमा परी उनीहरुको ज्यान गएको हो । स्थानीय प्रहरीले यो घटनामा संलग्न २२ जना मानिसहरुलाई पक्राउ गरिएको जानकारी दिएको छ । 

नाइजेरियामा यस किसिमका हिंसाहरु सामान्य मानिन्छन् । राष्ट्रपतिका आधिकारिक प्रवक्ताले यस किसिमको हिंसा भड्किनु मुलुकको लागि चिन्ताको विषय रहेको बताएका छन् । 

दुई समुहको बीचमा देखिएको यस किसिमको हिंसाको कारण महत्वपूर्ण उपलब्धि हासिल गर्ने सरकारको लक्ष्यमा बाधा सिर्जना गर्ने राष्ट्रपति बुहारीले बताएका छन् । उनले सबै समुदायहरुलाई धैर्य रहनका लागि आग्रह गरेका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ