arrow

रुससँगको मिसाइल सम्झौताबाट बाहिरिने अमेरिकाको निर्णय 

logo
प्रकाशित २०७५ कार्तिक ४ आइतबार
russia_missile.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको मिसाइल सम्झौताबाट बाहिरिने बताएका छन् । रुसले सन् १९८७ मा भएको यो सम्झौता उलंघन गर्दै आइरहेको कारण यसबाट बाहिरिने बताएका हुन् । 

अमेरिकासँग भएको सम्झौतासँगै दुवै मुलुकले मध्यम गतिको मिसाइल प्रक्षेपण गर्न पाउने छैनन् । उनीहरुलाई पाँच सयदेखि ५५ सय किलोमिटरसम्मका मिसाइलहरु प्रक्षेपणको लागि रोक लगाइएको थियो । 

ट्रम्पले यसअघि नै अमेरिका यो सम्झौताबाट बाहिरिनुपर्नेमा गल्ती भएको बताए । नेभाडामा भएको निर्वाचनको र्‍यालीपछि बोल्दै ट्रम्पले यस्तो बताएका हुन् । सन् २०१४ मा ओबामाले रुसले सो सम्झौताको उलंघन गरेको आरोप लगाएका थिए । यद्यपि उनले रुससँगको सो सम्झौताबाट भने नबाहिरिने निर्णय गरेका थिए । 

रुसले भने अमेरिकासँग भएको सम्झौताको पूर्णरुपमा पालना गरिएको बताएको छ ।  विश्लेषकहरुले रुसको यस किसिमका हतियारहरु अन्य हतियारहरुको तुलनामा केही सस्तो रहेको बताएका छन् । यो सम्झौताअनुसार जमिनमा मध्यमगतिका मिसाइलहरु प्रहार गर्न रोक लगाइएको थियो । 

सन् २००७ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो सम्झौता रुसको पक्षमा नरहेको बताएका थिए । एजेन्सी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ