arrow

कोस्टारिकामा चार जना अमेरिकीको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक ४ आइतबार
costa-rica.jpg

सान जोसे। नदीमा राफ्टीङ गरिरहेका चार जना अमेरिकी पर्यटकको दुर्घटनामा मृत्यु भएको र एक जना कोस्टारिकाका नागरिक बेपत्ता भएको रेडक्रसले जनाएको छ।

कोस्टारिकाको नारान्जीतो नदीमा डुङ्गामा रहेका चौध जना पर्यटक र तीन जना गाइडमध्ये चार जनाको मृत्यु भएको हो। नदीमा बाढी आएका कारण डुङ्गा पल्टिएको बताइएको छ। कोस्टारिकामा राफ्टीङ निकै लोकप्रिय मानिन्छ। आजभोलि यहाँका नदीहरुमा बाढी आउने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ