arrow

सडक बिस्तारको काममा चलखेल, मन्त्री महासेठ संगलग्न रहेको आरोप

logo
सुरेन्द्र सिंह,
प्रकाशित २०७५ कार्तिक ४ आइतबार
janakapur-road.jpg

जनकपुरधाम। सडक बिस्तारको क्रममा ठुला- ठुला राजनीतिकर्मीले चलखेल गरेको  आरोप लगाएको छ। सडक निर्माण गर्ने क्रममा जनकपुरधाम उप-महानगरपालिका-  २१ स्थित कुर्थामा रहेको सार्वजानिक विद्यालय भत्काएर आफ्नो आफन्तको जग्गा वडाअध्यक्ष रामेश्वर महासेठ लगायत मेयर लालकिसोर साह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले जोगाएको आरोप लगाएका छन्।

बि. स. २०१३ सालमा स्थापित श्री राजश्री जनक उच्च माध्यमिक विधालय भत्काए  पछि ६ महिना बित्दा पनि बिधालय पुन निर्माण नगरेपछि आक्रोशित स्थानीय कुर्था बासीले आइतबार जनकपुर उप-महानगरपालिकाको कार्यलय लगायत सिडियो कार्यालय र एसपी कार्यालय अगाडि नाराबाजी गरेका थिए।

पटक-पटक ज्ञापन पत्र बुझाउदा पनि सम्बन्धित निकाएले केहि चासो नदेखाएको स्थानियले आरोप लगाएका छन्। करिब पाँच सयको संख्यामा रहेको स्थानीयबासीले " स्थानीय सरकार मुर्दावाद, भत्काइएको विधालय निर्माण गर, मेयर र वडा अध्यक्ष मुर्दावाद, प्रहरी प्रसाशन दमन बन्द गर" जस्ता नारा स्थानीयले लगाएका थिए।

विधालय जस्ता क्षेत्रमा राजनिती गरेर हामीहरुको  सन्तानको भविष्य संग खेलावार गरेको स्थानीयले बताए। विधालयको भवन नहुँदा पठन पाठनमा समेत कठनाइ भैइरहेको बताए। विद्यालयमै डोजर चलाएपछि बालबालिकाहरुको लागि बस्न चाहिने सुविधा विलय हुँदा उनीहरुको भविष्य अन्यौलय भएको स्थानीय शम्भु निर्दोषीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ