arrow

ब्रह्मपुत्र फुट्यो भने के होला अरुणाञ्चल र असमको हालत ? 

logo
प्रकाशित २०७५ कार्तिक ४ आइतबार
yarlung-tsangpo-river-1.jpg

नयाँ दिल्ली । सीमा तथा सैन्य बलको विषयमा सधैं भरी टक्कर परिरहने भारत र चीनबीचको अर्काे सदावहार समस्याको कारण बनेको नदी जन्य प्रकोप । कहिले चीनले नियोजित रुपमा त कहिले प्राकृतिक रुपमा समेत चीनबाट भारत हुँदै बहने ब्रह्मपुत्र नदीका कारण भारत सधैं भरी चीनबाट पीडित हुने गरेको छ । यही समस्या अहिले पनि जारी छ । 

गत ३० अगष्टमा चीनले भारतलाई पत्र लेख्दै आफ्नो देशमा धेरै पानी परिरहेको भन्दै छिट्टै नै ब्रह्मपुत्रको पानी छाड्ने चेतावनी दिएका थियो । यो निीश्चत छ कि चीनले लापरवाही पूर्वक ब्रह्मपुत्रको पानी बाहिर छाडिदिएको खण्डमा भारतको अरुणाञ्चल र असमका अधिकांश जिल्लाहरु डुवानमा पर्छन् । तर, यही समस्याका कारण यो दुई प्रदेशका नागरिकहरु समेत कहिलै पनि ढुक्कसँग बस्न सक्दैनन् । 

अहिले पनि चीनमा गएको भूस्खलनको कारण ब्रह्मपुत्र थुनिएको छ। यसको विशेष त्रास अरुणाञ्चल तथा असममा देखिएको छ। चीनले ब्रह्मपुत्रको कृतिम झिलको सूचना दिएसँगै सो दुई प्रदेशका मुख्यमन्त्रीहरुले आफ्ना प्रदेश बासीको नाममा विज्ञप्ती जारी गर्दै यो सतर्क रहन आग्रह गरेको छ। असमका मुख्यमन्त्री सर्बांनन्द सोनोवालले शनिबार नै अरूणाचल प्रदेशको सीमामा पर्ने केही ठाउँका वासिन्दालाई वाढीसँग सचेत भएर बस्नको लागि आग्रह गरेका छन् ?

मुख्यमंत्री कार्यालयका प्रवक्ताले बताए अनुसार सोनोवालले धेमाजी, डिब्रूगढ़, लखीमपुर तथा तिनसुकिया जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् भने अधिकारीहरुलाई अधिक भन्दा अधिक क्षतिको लागि हदैसम्मको प्रयास गर्नको लागि निर्देशन दिएका छन्। यालुजांगबू नदीलाई तिब्बतबाट अरूणाचल प्रदेशमा प्रवेश गरेपछि सियांग नदी तथा असममा ब्रह्मपुत्र नदीको नामले चिनिन्छ। 

केन्द्रीय जल आयोगका अनुसार ब्रह्मपुत्रको जलको स्तर निकै कम रहेकोले यस अवस्थामा असममा यसको नोक्सानी कम मात्रामा पर्ने आकलन छ। पासीघाटमा यो पानीको मात्रा बढ्न सक्ने भएकोले यसले ठूलो धन जनको क्षति हुने आकलन गरिएको छ। त्यस्तै, आयोगले यसको मूल असर त अरुणाञ्चलमा पार्ने आकलन गरेको छ। सतर्कता नपुर्याउने हो भने आधा भन्दा बढी अरुणाञ्चल डुवानमा पर्नसक्ने आकलन आयोगको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ