arrow

दिल्लीको प्रदूषण 'अति खतरनाक', स्वास्थ्यमा गम्भीर समस्या 

logo
प्रकाशित २०७५ कार्तिक ४ आइतबार
delhi_polution.jpg

नयाँ दिल्ली । दिल्लीको वातावरण प्रदूषण अति खतरनाक स्तरबाट माथि उठेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीको वायु गुणवत्ता सूचकांक (एक्यूआई) कूल मिलाएर ३०१ रहेको देखाएको छ । यो अति खतरनाक सूचकांक हो । यसमा पनि बोर्डले यो प्रदूषणको स्थिती झनै खराव हुने चेतावनी दिएको छ । 

शनिबार राष्ट्रिय राजधानीमा प्रदूषण नै प्रदूषणको बादल लागिरहेको थियो । सो समयमा दिल्लीको वातावरण प्रदूषण ३ सय २४ एक्यूआई पुगेको बोर्डले जनाएको छ । यसमा भनिएको छ कि आनन्द विहार, मुण्डका, नरेला द्वाराका सेक्टर(आठ, नेहरू नगर तथा रोहिणी क्षेत्रमा एकदमै खराब बायु गुणवत्ता देखिएको छ । यो अझै विस्तारै विस्तारै बढ्दै जाने चेतावनी पनि बोर्डले दिएको छ । 

यो मापन अनुसार शुन्य देखि ५० सम्म एक्यूआई भएमा त्यसलाई राम्रो मानिन्छ । त्यस्तै, ५० देखि १०० सम्म सन्तोष जनक मानिन्छ । त्यस्तै, १०१ देखि २०० सम्म मध्यम श्रेणी मानिन्छ । २०१ देखि ३०० सम्म खराब र ३०१ देखि ४०० को बीचमा अति खराब मानिएको छ । ४०१ देखि ५०० सम्मको स्थितीलाई गम्भीर मानिएको छ । 

उच्चतम न्यायालयद्वारा नियुक्त पर्यावरण सुरक्षा नियन्त्रण प्राधिकरण (ईपीसीए) ले शुक्रवार राष्ट्रीय राजधानीमा प्रदूषणको स्थितिमाथि चर्चा गर्नेको लागि दिल्ली सरकारका अधिकारीहरुसँग छलफल गरेको थियो । सो समयमा अदालतद्वारा गठित समितिले संवेदनशील ठाउँहरुमा विशेष महत्वका साथ काम गर्न ध्यानाकर्षण गराएको थियो । यसैको कारण दिल्लीबासीहरुमा अनेकानेक समस्याहरु सिर्जना भएको एक अनुसन्धानले जनाएको छ । 

पीएम २.५ (हावामा २.५ माईक्रो मिलिलिटर भन्दा कम कणहरुको स्थितता) १४७ पुगेको छ । केन्द्रद्वारा सञ्चालित वायु गुणवत्ता तथा मौसम पूर्वानुमान एवं अनुसन्धान प्रणालीकोआकडा अनुसार पीएम १० को स्तर दिल्लीमा २७६ रहेको छ । पीएम १० उक्त कण हो जसको व्यास १० माईक्रोमिटरको हुन्छ । सीपीसीबीका एक अधिकारीले बताए अनुसार यसरी दिल्लीको वातावरण खराव हुनुमा बाहन तथा निर्माण सामग्रहरु मूल हुन् । 

यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रवार चेतावनी दिएका छन् कि शहर छिट्टै नै ग्यास चेम्बरको रुपमा परिणत हुँदैछ । यसबाट बच्न सबै सक्रिय हुनु जरुरी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ