arrow

जनकपुरमा सडक दुर्घटना हुँदा एकको मृत्यु

logo
सुरेन्द्र सिंह, 
प्रकाशित २०७५ कार्तिक ५ सोमबार
dhanusha.png

जनकपुरधाम। जनकपुरमा ट्रयाक्टर र स्कुटी एक आपसमा ठोक्किदा एक जनाको मृत्यु र एक घाइते भएको छन्।

जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत मुजेलीयामा भएको उक्त दुर्घटनामा जनकपुर उपमहानगरपालिका १० का ३२ वर्षीय सन्दिप नायकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका सन्दिपको उपचारकालागि जनकपुर अञ्चल अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा सोही वडा बस्ने स्कुटी चालक राकेश साह घाइते भएका छन्।

उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। सोमवार विहान उत्तरतर्फबाट जनकपुर आउँदै गरेको ज २ त ११३ नम्बरको ट्रयाक्टर र मासु किन्न पिडाडी चोकबाट मुजेलियातर्फ जाँदै गरेको ज ९ प ६१३३ नम्बरको स्कुटी एकआपसमा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मृतक नायकको शव पोष्टमार्टमकालागि अञ्चल अस्पतालमा राखिएको छ। ठोक्कर दिने ट्रयाक्टर चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ