arrow

मारिएका पत्रकारका छोरालाई साउदी राजकुमारद्वारा समवेदना व्यक्त

logo
प्रकाशित २०७५ कार्तिक ५ सोमबार
saudi_prince.png

काठमाडौं । साउदी राजकुमार मोहम्मद विन सलमानले साउदीले भर्खरै मात्र मृत्यु भएको पुष्टि गरेका पत्रकार जमाल खाशोग्गीका जेठा छोरालाई फोन गरी समवेदना व्यक्त गरेका छन् ।

टर्कीको स्तानबुलमा वाणिज्य दूतावासभित्र खाशोग्गीको झगडाको क्रममा ज्यान गएको साउदी सरकारले पुष्टि गरेको थियो । साउदी सरकारमाथि पत्रकार मारिएको घटनाले दबाब बढ्दै गएको अवस्थामा साउदी राजा सलमानले पनि परिवारप्रति समवेदना व्यक्त गरेका छन् । 

टर्कीका राष्ट्रपति रिसेप तेइप एर्दोगानले घटनाको विषयमा मंगलबार संसदमा पूर्ण विवरणहरुको जानकारी गराउने बताएका छन् । टर्कीका सञ्चारमाध्यमहरुले १५ सदस्यीय साउदी टोली इस्तानबुलमा आएर खाशोग्गीको प्रतीक्षा गरेको र उनी वाणिज्य दूतावासमा आएसँगै उनको भीभत्स हत्या गरिएको उल्लेख गरेका छन् । 

यो घटनामा संलग्न रहेको आरोपमा १८ जना मानिसहरु पक्राउ परेका छन् । टर्कीले ले १५ जना मानिसहरु किन इस्तानबुल  आए र किन १८ जना मानिसहरु पक्राउ परे भन्ने विषयमा आशंका रहेको बताएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ