arrow

मुलुककाे अार्थिक सङ्कटबारे किताब लेख्दा अर्थशास्त्री गिरफ्तार

logo
प्रकाशित २०७५ कार्तिक ५ सोमबार
ECO.JPG

कायरो ।  इजिप्ट प्रहरीले अर्थशास्त्री अब्देल खालेक फारुक मुलुकको आर्थिक तथा सामाजिक सङ्कटका बारेमा विश्लेषणात्मक पुस्तक प्रकाशन गरेलगत्तै पक्राउ परेका छन् । 

फारुकले आफ्नो पुस्तक “के इजिप्ट साँच्चिकै गरीब मुलुक हो ?” मा कैंयौं सम्पत्ति  सुरक्षाकर्मीले जफत गरेको लेखेका थिए । 

“फारुकलाई गिरफ्तार गरिएको छ र पुस्तककै कारण उहाँलाई राज्य सुरक्षा अभियोजक समक्ष भोलि उपस्थित गराइनेछ,” मानव अधिकार सूचनाका लागि अरब सञ्जालको नेतृत्व समेत गरिरहेका कानून व्यवसायी गमाल इदले भनेका छन् ।  

फारुकविरुद्धको मुख्य आरोपका बारेमा सरकारी अभियोजनकर्ताले निर्णय गर्नेछन्, इदले भने  । प्रहरीले पनि पुस्तककै कारण गिरफ्तार गरिएको मौखिक जानकारी गराएको बताइएको छ । 

इजिप्टको राष्ट्रपतिका रुपमा सन् २०१४ मा अब्देल फतेह अल–सीसी सत्तामा आएपछि मानव अधिकार समूहहरुले सबैजसो विपक्षीहरुलाई इजिप्ट सरकारले दबाएको आरोप लगाउँदै आएका छन् । 

सरकारी अधिकारीहरुले आफ्नो मुख्य लक्ष्य आतङ्कवादसँग लड्नु र गलत सूचना फैल्याउने कार्य रोक्नु रहेको बताएका छन् । -रासस/एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ