arrow

भारत– चीन युद्धका कारण अरुणाञ्चलका गरिबहरु मालामाल !

प्रत्येक परिवार करोडपति 

logo
प्रकाशित २०७५ कार्तिक ५ सोमबार
1_core.jpg

नयाँ दिल्ली । कुनै पनि दुई मुलुकहरुबीच सीमा युद्ध हुँदा सीमाका नागरिकले सास्ती भोग्छन् त्यो सामान्य कुरा हो । तर, सीमा युद्धका कारण कुनै मुलुकका गरिबहरुको भाग्य चम्किन्छ भन्ने कुरा भने असामान्य बन्न सक्छ । यस्तै भएको छ भारतमा पनि । 

चीनसँग आधा शतक भन्दा बढी वर्ष अघि भएको युद्धको फाईदा त्यहाँका सीमावासी भारतीयहरुले अहिले पाएका छन् । भारत – चीन युद्धको ५६ वर्ष पछि अरुणाञ्चल प्रदेशको ग्रामीण जनताको लागि जमीनको मुआब्जाको लागि ३८ करोड रुपैयाँ मिलेको छ । यसले गर्दा यस अघि सम्म गरिबीमा रहेको सो पुरै गाउँ नै एकाएक मालामाल बनेका छ । 

पछिल्लो समय सेनाले बंकर तथा बैरक बनाउनको लागि यी जनताको जमिन अधिकरण गरेको थियो । यसको कारणले गरिवीमा रहेको पुरै गाउँ नै एकाएक मालामाल बनेको छ । गाउँका सबै परिवारको भागमा एक करोडको हिस्सा आएको छ । 

केन्द्रीय गृह राज्यमन्त्री किरण रिजिजू तथा अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्डूले शुक्रबार पश्चिमी खेमाङ्ग जिल्लामा आयोजित एक विशेष कार्यक्रममा गाउँवासीहरुको मुआब्जाको राशिको चेक वितरण गरेका थिए । रिजिजूले बताएको अनुसार सीमामा पर्ने उक्त गाउँको कुल ३७ दशमलव ७३ करोड रुपैयाँ वितरण गरेको बताए । सेनाले प्रयोग गर्ने भनिएको सो भूमि सामुदायिक भूमि हो । तर उनीहरुलाई जुन पैसा मिलेको छ त्यो त्यही सामुदायिक भूमिसम्म पुग्ने बाटोको लागि हो । 

अचम्मको कुरा यो हो कि १९६२ सालमा भारत चीन युद्धपछि सेनाले आफ्नो बेस, बंकर, बैरक बनाउनको लागि तथा सडक बनाउनको लागि पर्याप्त मात्रामा जमिन अधिकरण गरेको थियो । पश्चिमी खेमांग जिल्लामा गत अप्रिल २०१७ मा नै तीन गाउँको १५२ परिवारलाई १५२ करोड रुपैयाँ वितरण गरिएको थियो । गत वर्ष सेप्टेम्बरमा एक गाउँको १५८ करोड रुपैयाँको अन्य किस्ता दिईएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ