arrow

जर्मनीले लगायो साउदीलाई बेच्दै आएको हतियारमा रोक 

logo
एजेन्सी,
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
markel.png

काठमाडौं । जर्मन चान्सलर एन्जेल मर्केलले साउदी अरेबियालाई बिक्री गरिँदै आएको हतियारमा रोक लगाउने घोषणा गरेकी छिन् । उनले अहिलेको अवस्थामा साउदीलाई हतियार बिक्री गर्न नसकिने बताउँदै यस्तो निर्णय गरेकी हुन् । 

बर्लिनमा आफ्ना पार्टीका शीर्ष अधिकारीहरुसँगको बैठकमा मर्केलले हतियार बिक्रीको कुनै आधार नदेखिएको बताइन् । 

मर्केलले विदेशमन्त्री मेको मासको साथमा संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार जमान खाशोग्गीको हत्याको निन्दा गरेकी छिन् । विज्ञप्तिमा खाशोग्गी हत्याको मामिलामा आफूहरुले पूर्ण पारदर्शिता चाहेको र यसमा दोषीलाई कानुनी कठघरामा उभ्याइनुपर्ने उल्लेख गरिएको छ । 

अक्टोबर २ मा इस्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासमा जमाल खाशोग्गीको हत्या भएको थियो । सुरुवातमा साउदीले यो समाचारको खण्डन गर्दै आएको थियो । खाशोग्गी साउदी राजकुमार मोहम्मद बिन सलमानका आलोचक थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ