arrow

अन्टार्टिकामा यस्तो देखियो असामान्य बरफको टुक्रा

logo
एजेन्सी,
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
iceburg.jpg

काठमाडौं। नासाका वैज्ञानिकहरुले अन्टार्टिकामा एक नियमित आकारको बरफको टुक्रा तैरिरहेको पत्ता लगाएका छन्। अन्टार्टिककाको ‘लर्सन सी’ भाग नजिकै बरफको यो टुक्रा देखिएको हो। नासाका वैज्ञानिकहरुले यो भाग भर्खरै मात्र चिरा परेर फुटेको कारण यस किसिमको असामान्य बरफको टुक्रा देखिएको बताएका छन् । जसको कारण यसले एक आकार पाएको उनीहरुको भनाइ छ।

नासाले अहिले सार्वजनिक गरेको तस्बिरले सामान्यभन्दा अहिले टुक्रिएको बरफ केही असामान्य छ। यो बरफको टुक्रा पूर्ण वर्गाकारमा छुट्टिएको छ। यो बरफको चौडाइ करिब एक माइलको रहेको अनुमान गरिएको छ। अन्टार्टिकाको मौसमको जानकारी लिनका लागि राखिएको स्याटेलाइटको माध्यमबाट यो बरफको टुक्रा देखिएको हो।

विज्ञहरुले अहिले देखिएको यस किसिमको टुक्राले आउँदा दिनमा अन्टार्टिकाको बरफ टुक्रिने सम्भावना अझै धेरै रहेको देखिएको बताएका छन् । विशेषगरी तापक्रम बढी भएको कारण बरफ टुक्रिने क्रम बढेको उनीहरुको भनाइ छ । गत जुलाई २० मा उक्त लर्सन सीको तापक्रम औसत तापक्रमभन्दा २० डिग्री सेन्टिग्रेटभन्दा बढी रहेको देखिएको थियो। 

पछिल्लो समय अन्टार्टिकामा देखिएको आँधीहुरी तथा लहरको कारण बरफहरु टुक्रिने क्रम बढेको हो । अहिले पाइएको बरफको टुक्रा भने वैज्ञानिकहरुले अहिलेसम्म पाइएको मध्ये छैठौं ठुलो टुक्रा हो। 

यस किसिमको गतिविधिहरुले आगामी दिनमा समुद्री सतह पनि बढ्दै जानसक्ने वैज्ञानिकहरुले बताएका छन् ।  गत वर्ष उक्त क्षेत्रमा देखिएको चिराको कारण अनेकौं टुक्रा बरफहरु छुट्टिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ