कपिलवस्तुको कृष्णनगरमा १२ बजेसम्मलाई कर्फ्यू हट्यो
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
508
Shares
कपिलवस्तु । कृष्णनगरमा जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू दिउँसो १२ बजेसम्मका लागि हटाइएको छ ।
दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा भएको विवादले झडपको रुप लिएपछि अवस्था नियन्त्रणमा लिन प्रशासनले आइतबारबाट कफ्र्यू लगाएको हो ।
आइतबार बेलुका स्थानीय युवाबिच झडपको अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको थियो । सोमबार दिनभर हटाइएको कर्फ्यू बेलुका पाँच बजेदेखि आज बिहान ६ बजेसम्मका लागि फेरि कायम गरिएको थियो ।
अहिले बिहान ६ बजेदेखि १२ बजेसम्म अर्थात ६ घण्टाका लागि कर्फ्यू हटाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिएका छन । । सीमा नाका पनि भएको र सामान्य नागरिकको दैनिकीमा असर नपरोस् भनेर कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।
१२ बजेपछि के गर्ने भन्ने बारे बैठक बसेर निर्णय गरिने उनलबताए । स्थानीय तहसँग पनि यसबारे समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।