arrow

२० अर्ब डलर लगानीमा सबैभन्दा लामो समुद्री पुल

अर्थतन्त्रमा १४ खर्ब डलर थपिन्छ : चीन

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
worlds-longest-bridge.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वको सबैभन्दा लामो समुद्री पुलको उद्घाटन गरेका छन् । निर्माण सुरु भएको नौ वर्षपछि आधिकारिकरुपमा यो पुल खुला गरिएको हो । हङकङदेखि मकाउ र चीनको झुहाई सहरसम्म जोड्ने यो पुल मंगलबारदेखि खुला गरिएको हो । 

चीनले २० अर्ब डलर खर्च गरेर यो पुल निर्माण गरेको हो । यो पुल निर्माणको क्रममा केही ढिलाइ भएको थियो । पुल निर्माणको क्रममा विभिन्न सुरक्षाको मुद्दाहरु उठेको थियो, जसको कारण निर्माणमा ढिलाइ भएको थियो । निर्माणको क्रममा १८ जना कामदारहरुको ज्यान गएको थियो । बुधबारदेखि नियमितरुपमा यो पुलबाट सवारी आवतजावत हुने बताइएको छ । 

World's longest sea crossing: Hong Kong-Zhuhai bridge opensको लागि तस्बिर परिणाम

पुलको के विशेषता छ ? 

चीनले बनाएको सो पुल भूकम्प, सुनामी तथा आँधीले कुनै क्षति गर्न नसक्ने गरी निर्माण गरिएको छ । यसलाई बनाउन चार लाख टन स्टिलको प्रयोग गरिएको थियो । यति स्टिलबाट इफेल टावरजस्ता ६० वटा टावर निर्माण गर्न सकिन्छ । यो पुलको ३० किलोमिटरजति समुद्रमा पर्छ । बीचमा ६.७ किलोमिटर सु्रुङमार्ग रहेको छ । बाँकी रहेको भागले जमिनको सुरुङदेखि झुहाई र हङकङ जोडिएको छ । 

पुल बनाउनुको कारण 

चीनले आफ्नो सामुद्रिक क्षेत्र विस्तारको योजनामा आधारित रहेर यो योजना अघि सारिएको हो । यसले हङकङ, मकाउ र नौ अन्य सहरहरुलाई पनि जोड्नेछ । अहिले सो क्षेत्रमा छ करोड ८० लाख मानिसहरु बसोबास गर्ने गरेका छन् । यसअघि झुहाई र हङकङबीचको यात्राको लागि चार घण्टाको समय लाग्ने गरेको अब भने यो समय ३० मिनेटमा छोट्टिनेछ । 

सबैले पनि यो पुलमा सवारी चलाउन पाउँछन् ? 

यो पुलमा सवारी चलाउनका लागि विशेष किसिमको अनुमति लिनु जरुरी हुन्छ । यो पुल सार्वजवनिक यातायातको लागि प्रयोग गरिने छैन । जसको कारण निजी सवारीहरुले यसबाट यात्रा गर्दा शुल्क बुझाउनुपर्ने हुन्छ । यसमा रेलमार्ग भने निर्माण गरिएको छैन । सुरुमा अधिकारीहरुले यो पुलबाट ९२०० सवारीहरु दैनिकरुपमा चल्ने अनुमान गरेका थिए । यद्यपि सो क्षेत्रमा बनेको नयाँ यातायातको सञ्जालसँगै उनीहरुले आफ्नो अनुमान घटाएका थिए । 

स्थानीयहरु के भन्छन् ? 

यो योजनाको विषयमा निकै ठुलो विवाद देखिएको थियो । स्थानीयहरुले यसलाई “मृत्युको पुल”को संज्ञा दिँदै आएका छन् । यो निर्माणको क्रममा हङकङका नौ जना कामदारहरुको ज्यान गएको थियो । सयभन्दा बढी कामदारहरु यो संरचना निर्माणको क्रममा घाइते भएका थिए । त्यसका साथै यसको वातावरणीय प्रभावको विषयमा पनि विवादहरु रहेको छ । यो क्षेत्रको पानीमा बस्ने जन्तुहरुमा यसले नकारात्मक असर पार्नसक्ने वातावरणीय समुहहरुले बताउँदै आएका छन् । पछिल्लो १० वर्षमा हङकङको पानीमा रहेका डल्फिनको संख्या १४८ बाट घटेर ४७ मा आइपुगेको छ । अहिले सो पुलको वरपर कुनै पनि डल्फिन रहेका छैनन् ।
 
अर्थतन्त्रमा कस्तो सहयोग ? 

यो पुलको प्रमुख भाग निर्माणको लागि मात्र छ अर्ब ९२ करोड डलर खर्च गरिएको थियो । समग्रमा यो पुल निर्माणको लागि २० अर्ब डलर खर्च भएको थियो । चिनियाँ अधिकारीहरुले यसबाट १४ खर्ब डलर राष्ट्रिय अर्थतन्त्रमा थप हुने अनुमान गरेका छन् ।

यद्यपि हङकङका नीतिनिर्माताहरुले भने यो संख्याको विषयमा आशंका व्यक्त गरेका छन् । यद्यपि विश्लेषकहरुले भने यो पुलबाट वार्षिक रुपमा आठ करोड ६० लाख डलर मात्र आम्दानी हुने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ