कलात, अफगानिस्तान। दक्षिण आफगानिस्तानमा आफैले बनाएको विस्फोटक पदार्थ विस्फोटमा परी कम्तीमा एघार तालिबान आतङ्ककारी मारिएका छन्।
स्थानीय अधिकारीहरुले मङ्गलबार सो जानकारी दिएका छन्। सोमबार अबेर राती मिजान र छिमेकमा पर्ने अर्घान्दाब जिल्लामा आतङ्ककारी दुई समूहले सुरक्षा अधिकारी लक्षित यो विस्फोटक पदार्थ बोकेका थिए।
सोही विस्फोटक पदार्थ बिस्फोटमा परी एघार जना तालिबान आतङ्ककारी मारिएका प्रान्तीय प्रहरी प्रमुख मोहमद मुस्ताफा मयारले सिन्ह्वा समाचार समितिलाई बताए। तालिबान र इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले सुरक्षा अधिकारीहरु लक्षित बारम्बार सडक किनारमा रहेको बम र बारुदी सुरुङ्गको हमला गर्दै आएका छन्।
सोमबार भएको यस विस्फोटमा परी सर्वसाधारणलाई भने कुनै क्षति नभएको बताइएको छ। गत आइतबार विस्फोटक पदार्थ विस्फोटमा परी सात बालबालिकासहित ११ सर्बसाधारणको मृत्यु भएको थियो।अफगानिस्तानको पूर्वी प्रान्त नान्घार्हार प्रान्त गुडिरहेको एक सवारी साधन विस्फोटक पदार्थ ठोक्किँदा उक्त दुर्घटना भएको थियो।