'मेरिटाइम सिल्क रोड इन्टरनेशनल एक्पो' मा सहभागी हुन प्रवक्ता श्रेष्ठ चीन जाँदै
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
371
Shares
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ चीनको गोन्जाओमा हुन लागेको ‘मेरिटाइम सिल्क रोड इन्टरनेशनल एक्पो’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति त्यसतर्फ प्रस्थान गर्दै छन्।
ग्वान्जाओस्थित बैयान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा यही कात्तिक ९ गते हुने ‘बेल्ट एण्ड रोड ग्रिन इण्डस्ट्रियल इन्ट्रिगेसन फोरम’को उद्घाटन सत्रलाई उनले सम्बोधन गर्नेछन्। सम्मेलनका क्रममा बेल्ट एण्ड रोड सहकार्यका संयन्त्र र पर्यावरणीय कृषि, विज्ञान तथा प्रविधि, वातावरण, नवऊर्जा तथा अन्य हरित उद्योग परियोजनाका बारेमा समेत छलफल हुनेछ।
यही कात्तिक ८ देखि ११ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न देशका सरकारका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ। सम्मेलनमा विभिन्न देशका १५० भन्दा बढी प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहनेछ।