arrow

पूर्वबाट हिन्दूधर्मको बिगुल बजाउँदै 

logo
युबराज रेग्मी
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
rpp-nepal-rambahadurthapa.jpg

झापा । राप्रपा नेपालका केन्द्रीय सहमहामन्त्री एबम् प्रदेश नं १ का संयोजक रामबहादुर थापाले नेपालमा धार्मिक एकता र सामाजिक प्रेम–सद्भावको निम्ति सनातन हिन्दू धर्मको आवश्यकता रहेको बताएका छन् । उनले अधिकांश नेपालीहरु ओमकार वा हिन्दू धर्मको मुल्य–मान्यतामा रहेको र नेपालको विकास, परिवर्तन र शान्ति स्थापना गर्न राजासहितको हिन्दू राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिए । 

उनले यही पुसदेखि राप्रपा नेपालले हिन्दू राष्ट्र स्थापनाको निम्ति देशव्यापी अभियान थालिने जानकारी दिए ।

राप्रपा नेपाल सम्बद्ध पत्रकार संगठन मिडिया नेपालले मंगलबार झापाको दमकमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा सहमहामन्त्री थापाले उक्त जानकारी गराएका हुन् । 

थापाले कम्युनिष्ट सरकारको दुईतिहाई बहुमतको सरकार भएर पनि मुलुकको विकास, परिवर्तन र समृद्धीतर्फ अघि बढ्न नसकेको बताए ।

कार्यक्रममा राप्रपा नेपालका झापा अध्यक्ष अमर विष्टले नेपालमा जातिय, धार्मीक र लैङ्गिक बिभेदहरुको अन्त्य गर्न हिन्दु राष्ट्र निर्माण हुन जरुरी रहेको बताए ।

पार्टीका ५ नंम्बर क्षेत्रीय अध्यक्ष बिजय बराल, दमक नगर अध्यक्ष एबम् दमक वडा नं ७ का वडा अध्यक्ष भीम पौडल लगायतले मन्तव्य राखेका थिए ।

मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौडेलको अध्यक्षतामा बिजया दशमी, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रम भएको थियो ।

सो अवसरमा पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, पूर्व अध्यक्ष गोपाल झापाली, प्रेस सेन्ट्रर झापाका अध्यक्ष टिकाराम उप्रेती, प्रेस चौतारी झापाका सहसचिव युवराज विबश, संघीय प्रेम फोरमका केन्द्रीय सदस्य डिकेश लामा, पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य अनिलदेब राई, सताक्षी प्रेस क्बल झिलझिलेका अध्यक्ष छविलाल डवाडीको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन मिडिया नेपाल झापाका अध्यक्ष समेत रहेका पत्रकार महासंघ झापा कार्यसमिति सदस्य रञ्जित प्रसाईले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ